कृष्णनगर गोली काण्ड : मारिने व्यक्ति भारतीय नागरिक

कृष्णनगर गोली काण्ड : मारिने व्यक्ति भारतीय नागरिक

कपिलवस्तु : लक्ष्मीको मूर्ति विसर्जन गर्न लैजाने बाटोका विषयमा विवाद हुँदा बिहीबार कृष्णनगर क्षेत्र तनावग्रस्त बनेको छ। विवादपछि प्रशासनले कफ्र्यु लगाएको छ। कफ्र्यु ‘अवज्ञा’ गरेको भन्दै प्रहरीले चलाएको गोली लागेर एक भारतीय युवकको मृत्यु भएको छ। भारत सिद्धार्थनगरका सुरजकुमार पाण्डेको मृत्यु भएको हो। उनी कृष्णनगरमै चिया बेच्दै आएका थिए।

कृष्णनगर–३ झन्डीनगरका बासिन्दाले तिहारको भोलिपल्ट लक्ष्मीको मूर्ति नजिकैको पोखरीमा विर्सजन गर्ने चलन छ। मूर्ति लैजाने बाटोमा ‘खडि–उल–कोब्रा’ मस्जिद छ।

कृष्णनगर नगरपालिका–३ का वडाध्यक्ष सागिर अहमद खानले स्थानीय युवाबीच विवाद भएको बताए। मूर्ति विर्सजन गर्न पुराना बाटोबाटै लैजानुपर्ने एकथरीको अडान छ। अर्काे समूहले नयाँ बाटो प्रयोग गर्नुपर्ने माग गर्दै आएको छ। ‘यो कुनै धार्मिक विषय होइन। युवाको आपसी झगडा हो’, खानले भने।

मूर्ति विसर्जनका लागि मुस्लिम बाहुल्य क्षेत्रभन्दा फरक बाटो प्रयोग गर्न प्रशासनले आग्रह गरेको थियो। तर त्यसलाई अवज्ञा गरी सुरक्षाकर्मीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले अ श्रुग्यास र हवाई फायर गरेको थियो। विवाद चुलिएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले विवाद मिलाउने प्रयास भइरहेको बताए। ‘हिंसा नभड्कियोस भनेर कफ्र्यु लगाइएको छ। समस्या समाधानका लागि वार्ता प्रयास भएका छन्’, उनले भने।

त्रसित स्थानीय

भारतीय युवाको गोली लागेर मृत्युपछि प्रदर्शनमा उत्रिएका युवाले ट्राफिक प्रहरी पोस्टमा आगजनी गरेका छन्। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा, सिसा र बोतल प्रहार गरेका छन्। पाण्डेको शव सडकमै राखिएको छ।

बुधबार बेलुकी लक्ष्मीको मूर्ति विर्सजन गर्ने क्रममा झडप हुँदा १० जनाभन्दा बढी घाइते भएका छन्। तनाव बढेपछि प्रहरीले ५० राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो।कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कफ्र्यु लगाइएको छ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठ, नेपाल प्रहरीका प्रमुख दीपशमशेर जबरा, सशस्त्र प्रहरी प्रमुख जनक पुरी लगायतको टोली घटना साम्य पार्न दिनभर सक्रिय थियो। थप हिंसा भड्कन नदिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। स्थानीय प्रशासनले कृष्णनगर भन्सार नाका र आसपासका नाका अनिश्चिकालीन बन्द गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.