राजनीतिक विज्ञापन रोक्दै ट्विटर

राजनीतिक विज्ञापन रोक्दै ट्विटर

काठमाडौं : सामाजिक सञ्जाल ट्विटरले छिट्टै नै आफ्नो प्लेटफर्ममा राजनीतिक विज्ञापन गर्न बन्देज लगाउने भएको छ। ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक दोर्सीले बुधबार संसारभर ट्विटरमा राजनीतिक विज्ञापन गर्न बन्देज गर्ने घोषणा गरेका छन्। सीईओ दोर्सीले ११ वटा ट्विटरमार्फत् विविध कारणले यस्तो निर्णय लिनुपरेको बताएका छन्।

सीईओ दोर्सीले इन्टरनेटबाट हुने विज्ञापन अत्यधिक प्रभावकारी हुने भए पनि यसले लाखौं मतदातालाई निर्वाचनमा प्रभावित पार्नसक्ने जोखिम औंल्याएका छन्। मतदाताले आफ्नो विवेक प्रयोग गर्नुको साटो इन्टरनेट विज्ञापनबाट प्रभावित भएर विचार बदल्न सक्ने भएकाले यसले प्रजातान्त्रिक अभ्यासलाई प्रभावित पार्न सक्ने तर्क अघि सारिँदै आएका छन्। 

आगामी वर्ष अमेरिकामा राष्ट्रपति निर्वाचन हुनै लाग्दा ट्विटरले यस्तो घोषणा गरेको हो। ट्विटरको यस्तो निर्णयको अमेरिकी डेमोक्रेटिक पार्टीले असाध्यै चाँडो स्वागत गरेको छ। उक्त पार्टीले ‘अमेरिकासँगै संसारभरको प्रजातन्त्रका लागि यो सुखद् निर्णय भएको’ प्रतिक्रिया गरेको छ।

अमेरिकी निर्वाचनमा भिडियो तथा इन्टरनेट विज्ञापनका लागि १ अर्ब ६० करोड अमेरिकी डलर खर्च हुनसक्ने अनुमान गरिएको ‘पोलिटिको’ म्यागेजिनले खबर छापेको छ। उक्त निर्वाचनमा समग्र विज्ञापन खर्च ६ अर्ब अमेरिकी डलरसम्म पुग्नसक्ने पुर्वानुमान विज्ञापन एनालिटिक्सले गरेका छन्।

पछिल्लो समय संसारभर नै सामाजिक सञ्जालको फेसबुक, गुगल र ट्विटरजस्ता सामाजिक सञ्जालको प्रयोगबाट निर्वाचन परिणामलाई प्रभावित पार्ने काम भइरहेको भन्दै यस्ता विज्ञापन बन्द गरिनुपर्ने माग उठ्दै आएको थियो।

बीबीसीमा अनुसार सामाजिक सञ्जाल ट्विटरको विश्वभर १२ करोड ६० लाख सक्रीय प्रयोगकर्ता छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.