महिला हुत्याउने डोजर चालक थप १० दिन थुनामै रहने

महिला हुत्याउने डोजर चालक थप १० दिन थुनामै रहने

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका- ९ ग्वाल्लेकमा सडक निर्माण गर्दा डोजरले महिला हुत्याउने चालक किशोर बोहरालाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ। 

पहिलो पटक अदालतबाट थपेको म्याद सकिएपछि बिहीबार १० दिन म्याद थपेर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए। चालक बोहरालाई कार्तिक ४ गते प्रहरीले पक्राउ गरेको थियो। 

यस्तै डोजर मालिक भानीदत्त जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई पनि १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको चन्दले जानकारी दिए। 

उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। प्रहरीले डोजर मालिक र दुइृ स्थानीयलाई  कार्तिक ७ गते नियन्त्रणमा लिएको थियो। पक्राउ परेकामाथि अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक चन्दले जानकारी दिए। 

कात्तिक ४ गते ग्वाल्लेकमा दुई पक्षबीच विवाद हुँदा डोजर चालकले स्थानीय गौरी जोशीलाई हुत्याएका थिए। त्यसपछि सडक निर्माण गर्ने पक्ष र सडक रोक्ने पक्ष घटना हुनुमा एकअर्कालाई दोष दिदै आएका छन्। घाइते गौरीको कोहलपुर र भारतमा उपचार गरेर घर फर्किएको जोशीका श्रीमान जगदीशले जानकारी दिए।

यसैबीच सडक रोक्नुपर्छ भन्ने पक्षका दुर्गादत्त जोशीलाई पनि प्रहरीले शुक्रबार पक्राउ गरेको छ। जोशीविरुद्ध सडक निर्माण गर्ने पक्षले किटानी जाहेरी दिएपछि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेर पक्राउ गरिएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए। 

संविधानले हरेक मानिसलाई सम्पत्तिको हक हुने कुरा उल्लेख गरेकाले आफ्नो सम्पत्ति जोगाउन सडक रोकेको तर प्रशासनले आफूहरुलाई उल्टै दुख दिएको स्थानीय गोपालदत्त जोशीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.