भोलिको फुर्सद पुस्तक सर्वेक्षण विशेष
काठमाडौं : कात्तिक १६ गते (भोलि) अन्नपूर्ण पोस्ट् दैनिकको साप्ताहिक परिशिष्टांक फुर्सदले नयाँ सामग्री पस्किएको छ। यो अंक नेपाल सम्बन्धी ‘ननफिक्सन’ पुस्तक सर्वेक्षण केन्द्रित रहेको छ। नेपालबारे लेखिएका गैरसाहित्यिक पुस्तकको सर्वेक्षणको जुरीमा समाजविज्ञान रुचि राख्ने ७२ जना विज्ञ सहभागी छन्।
जुरी सदस्यमा अनुप सुवेदी, अनूप सुवेदी (डा), अमृता लम्साल, अर्चना थापा, अलका आत्रेय चूडाल, अशोक थारू, आन्विका गिरी, आहुति, उज्ज्वल प्रसाईं, उषा हमाल, काशीनाथ तमोट, कुसुम शाक्य, कृष्ण ज्ञवाली, कृष्ण हाछेथु, केदारभक्त माथेमा, कैलाश राई, खगेन्द्र संग्रौला, खेमराज नेपाल, गणेश बिके, गोविन्द श्रेष्ठ, चन्द्रा भद्रा, चैतन्य मिश्र छन्।
यसैगरी झलक सुवेदी, डम्बर चेमजोङ, तीर्थबहादुर श्रेष्ठ, दिवाकर आचार्य, दीपक अर्याल, दीपक थापा, धनकुमारी सुनार, ध्रुवहरि अधिकारी, नवीन सुब्बा, पीताम्बर शर्मा, प्रकाशचन्द्र लोहनी, प्रत्यूष वन्त, प्रेम फ्याक, बाबुराम भट्टराई, बैरागी काइँला, भास्कर गौतम, भूषिता वशिष्ठ, भैरव रिसाल, भोजराज पोख्रेल , भोला पासवान, मदनकुमार भट्टराई, मल्लिका शाक्य, महेशराज पन्त, माधवप्रसाद पोख्रेल, मानुषी यमी भट्टराईको संलग्नता छ।
मुक्तसिंह लामा, मुना गुरुङ, मेरी डेशेन, मोहन बञ्जाडे, मोहन मैनाली, यादव देवकोटा, यामबहादुर किसान, राजेन्द्र महर्जन, राम लोहनी, रामरिझन यादव, रामावतार यादव, लोकरञ्जन पराजुली, विद्यानाथ कोइराला, विनोद सिजापती, विन्दु पोख्रेल, विश्व पौडेल, विष्णु पोखरेल, विष्णु सापकोटा, श्रद्घा घले, सावित्री गौतम, सीके लाल, सुजित मैनाली, सुदर्शनराज तिवारी, सुरेश ढकाल र हरि रोकाले जुरीमा बसेर मत दिएका छन्।
जुरीमा सहभागी ७२ विज्ञको मतका आधारमा १०६ पुस्तक र तिनको परिचय फुर्सदको विशेष अंकमा समेटिएको छ। नेपाल अध्ययनका लागि पढ्नुपर्ने ‘थिम’मा गरिएको सर्वेक्षणबाट पुस्तक छानिएका छन्। छानिएका पुस्तक नेपालको इतिहास, राजनीति, संस्कृति, शासन–प्रशासन, प्रकृति, समाज लगायतमा केन्द्रित छन्। सर्वेक्षणको नतिजा शनिबारको फुर्सदका आठै पानामा पढ्न सकिने छ।