जरायो नाच प्रदर्शन

जरायो नाच प्रदर्शन

नुवाकोट : रसुवाको धुन्चेमा लोप हुँदै गएको जरायो नाच प्रदर्शन गरिएको छ। धुन्चेका युवाको सक्रियतामा युवापुस्तामाझ हराउँदै गएको जरायो नाच देखाइएको हो।

प्रत्येक दुई वर्षमा प्रदर्शन गरिने जरायोे नाच बिहीबार देखाइएको हो। जीवजन्तु मार्न नहुने सन्देश दिँदै नाच प्रदर्शन गरिन्छ। यसले लोप हुँदै गएको संस्कृति र परम्पराको संरक्षण र नेपाल भ्रमण वर्ष–२०२० लाई मद्दत पुग्ने पर्यटन व्यसायीको भनाइ छ। तामाङ समुदायको उल्लेख्य बसोबास रहेका कारण रसुवामा तामाङ संस्कृति अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। यो नाच चार दशकदेखि बन्द रहेको र गत वर्षदेखि मात्र प्रदर्शन गर्न सुरु गरिएको अगुवा रसुवा संरक्षण तथा सांस्कृतिक कला समूहले जनाएको छ। २०३५ सालसम्म यो नाच प्रचलनमा रहेकोमा पछि बन्द भएको थियो।

धुन्चेमा लामो समयसम्म नाच प्रस्तुत हुन नसकेको समयमा रसुवाको अन्य क्षेत्रमा भने नाच प्रस्तुत हुँदै आएको थियो। यो नाच रसुवाको ठूलो भार्खु, गत्लाङ, गोल्जुङ, चिलिमे र खाम्जिङमा देखाइँदै आएको छ। ठूलो भार्खुमा भाइटीकाको भोलिपल्ट र अन्य स्थानमा फरकफरक समयमा जरायो नाच देखाइन्छ।

जरायो नाच देखाउन धुन्चेमा चार समूह बनाइएको थियो। एउटा समूहमा २६ देखि २८ घरधुरी समावेश छ। यो नाच वन्यजन्तु संरक्षणका लागि लामाले खेल्ने भूमिकाका बारेमा केन्द्रित रहेको संस्कृति संरक्षणमा क्रियाशील गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्बु तामाङले बताए।

जरायो नाचमा लामा, झाँक्री र जरायोको मुख्य भूमिका हुन्छ। सिकारीहरू सिकार खेल्न जाँदा लुकेर बसेको जरायो भाग्छ। भागेर गएको जरायो लामाको शरणमा पुग्छ। सिकारीहरू लामाकहाँ पुगेर जरायो खोजिदिन आग्रह गर्छन्। वन्यजन्तुको सिकार गर्न नहुने सन्देश लामाले दिएपछि सिकारीले सबै हतियार लामालाई बुझाउँछन्। लामाले काटमार नगर्ने भएकाले सबै जनावरले लामाप्रति गर्ने विश्वास र सम्बन्ध देखाउन यो नाच देखाइने गरिएको युवा तामाङको भनाइ छ।

रसुवा संरक्षण तथा सांस्कृतिक कला समूहले दुई वर्षदेखि यो नाच प्रस्तुत गर्दै आएको छ। यसमा धेरै किसिमका नाच समावेश गरिएको हुन्छ। धुन्चेमा खम्बा र जरायो नाच देखाउने गरिएको समूहले जनाएको छ। चार दशकसम्म रोकिएको यो नाचले यहाँका युवाको सक्रियतामा गत वर्षदेखि निरन्तरता पाएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.