बालुवाटारमा नेकपा सचिवालय बैठक
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अवस्थ भएपछि बैठक बस्न सकेको थिएन् । यसअघि पछिल्लो पटक असोज २९ गते नेकपा सचिवालयको बैठक बसेको थियो । शुक्रबार अध्यक्षद्वय केपी ओली र पुष्पकमप दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो।
बैठकमा मुख्यगरी मंसिर १४ मा हुने उप निर्वाचनाको तयारीका विषयमा छलफल हुने जनाइएको छ ।