विप्लवका गतिविधि निस्तेज पार्न गृहमन्त्रीको निर्देशन

विप्लवका गतिविधि निस्तेज पार्न गृहमन्त्रीको निर्देशन

काठमाडौं : गृह मन्त्रालयले मंसिर १४ मा हुने उपनिर्वाचनको सुरक्षा योजनाबारे छलफल सुरु गरेको छ। गृहमन्त्री रामबहादुर थापाले शुक्रबार सुरक्षा निकायका प्रमुखलाई मन्त्रालयमा डाकेर सुरक्षा योजनाबारे छलफल गरेका हुन्।

गृहमन्त्री थापाले चुनाव विथोल्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भूमिका खेल्न सक्नेतर्फ सचेत हुन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। छलफलमा सहभागी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा कार्ययोजनाअनुसार प्रहरी परिचालन गरिने बिफ्रिङ गृहमन्त्री थापालाई गरेका थिए।

चारवटै सुरक्षा निकाय सम्मिलित उपनिर्वाचन सुरक्षा कार्ययोजना बनिसकेको छ। उपनिर्वाचनमा फेरि पनि विप्लवले विथोल्न सक्ने सबै प्रकारका कार्यशैली निस्तेज पार्ने गरी सुरक्षा योजना बनाउन थापाले निर्देशन दिएका थिए। विगतका निर्वाचनमा सम्बन्धित जिल्लाबाट पक्राउ परेर छुटेका विप्लवका कार्यकर्तामाथि निगरानी बढाउने र आवश्यक परे पक्राउ गर्ने रणनीति प्रहरीले बनाएको छ।

गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार छलफलमा गृह सचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक खनालसँगै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र नेपाली सेनाका रथी गौरव तण्डुललगायतको सहभागिता थियो। गृहमन्त्री थापाले चुनाव विथोल्ने अन्य शक्तिमाथि समेत निगरानी बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका थिए।

उनले भयरहित र शान्तिपूर्ण तवरमा उपनिर्वाचन सम्पन्न गराउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका थिए। उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १, गाउँपालिका तथा नगरवडाध्यक्ष ४१, प्रदेशसभा सदस्य ३ र प्रतिनिधिसभा सदस्य १ गरी ५० पदका लागि उपनिर्वाचन हुँदैछ। यसैबीच सरकारले गत फागुन २९ गतेबाट विप्लवको नेकपालाई प्रतिवन्ध लगाएको थियो। पार्टी प्रतिबन्धपछि नौ सय ५६ जना नेकपाका केन्द्रीय नेतादेखि कार्यकर्तासम्मलाई पक्राउ गरिसकेको छ। यी मध्ये नौ सयलाई मुद्दा दर्ता नै गरेर अनुसन्धान गर्दा सात सय १८ जना छुटिसके। अहिले एक सय १५ जना पुर्पक्षमा कारागार चलान भएका छन्। ६८ जना अहिले पनि प्रहरी अनुसन्धानमै छ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश पाँचमा धेरै विप्लवका कार्यकता पक्राउ परेका छन्। गत फागुनदेखि हाल कात्तिक १५ गतेसम्म प्रदेश पाँचबाट मात्रै एक सय ९६ जना पक्राउ परिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.