रोपिन्छन् बिरुवा, संरक्षण हुँदैन

रोपिन्छन् बिरुवा, संरक्षण हुँदैन

काठमाडौं : काठमाडौं महानगरले ‘ग्रिन सिटी’ बनाउने भन्दै प्रत्येक वर्ष लाखौं बजेट छुट्याउने गर्छ। नयाँ बिरुवा रोप्ने विशेष योजना महानगरले आफ्नो नीतिमै राखेको छ। नीतिअनुरूप वर्षैपिच्छे हजारौं संख्यामा बिरुवा किन्दै रोपिँदै गर्छन्। तर, संरक्षण अभावमा बिरुवा हुर्किन नपाउँदै सुकेर या उखेलिएर मर्छन्।

‘ग्रिन सिटी’ बनाउने भन्दै यस वर्ष पनि सडछेउमा, सार्वजनिक जमिन, नदी किनारलगायत खाली क्षेत्रमा महानगरले सरदर ३ हजार संख्यामा बोटबिरुवा रोपेको छ। भदौ २४ गते महानगरले संविधान दिवसको अवसर पारेर सेना, वन मन्त्रालय र वातावरण विभागको सहकार्यमा बिरुवा रोप्ने कार्यक्रम आयोजना ग¥यो। त्रिपुरेश्वरदेखि दरबारमार्गसम्म सडकको दायाँ बायाँ बिरुवा रोप्यो।

सबैले प्रशंसा पनि गरे। तर, संरक्षण भने भएन। रोपिएका बिरुवा संरक्षणका लागि ‘ट्रि गार्ड’ लगाइएको थिएन। रोपेको दुई÷चार दिनमै पैदलयात्रुले चँुड्ने÷उखेल्ने गरे। कतिपय बिरुवा पानी नभएर मरे। अहिले सडछेउबाट हिँड्दा बिरुवा रोपिएको ढ्वाङमा फोहोर प्लास्टिक, खाली बोतल, चुरोट र मधु तथा सुर्तीका खोलले भरिएका छन्। ती ढ्वाङमा बिरुवा भेटिँदैनन्।

महानगरले यस वर्ष मात्र विभिन्न ठाउँमा २२ सय ५० वटा सिजनल फूल रोप्यो। त्यस्तै, ५ सय ५२ वटा रूख र डेकोरेसन प्रकृतिका बिरुवा खरिद ग¥यो। तर, रोपिएका बिरुवाको संरक्षणमा ध्यान दिएन। भर्खर रोपेका मात्र नभई पुराना बिरुवाको संरक्षण र गोडमेलसम्म भएको छैन। अहिले त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, सिंहदरबार बाहिरपट्टि र धोबीखोलाको दुई किनारलगायत ठाउँमा रोपिएका बिरुवा पनि संरक्षण नभएको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठ स्विकार्छन्। ‘अहिले सडकपेटीमा रोपिएका बिरुवाको संरक्षण गर्न सकिएको छैन,’ उनले भने, ‘ट्रि गार्ड’ बनाउन ढिला भयो। तर, अहिले हामीले बनाउन दिइसकेका छौँ। चाडैँ यसको प्रयोग गर्छौं।’

बोटबिरुवा संरक्षणमा आममानिस आफैँ सचेत भए सहज हुने उनले बताए। अहिले रोपिएका बिरुवा उखेल्ने÷चुँड्नेलाई कारबाही गर्ने योजना बनाउन लागेको जानकारी दिए। ‘हामीले मात्र संरक्षण गरेर हुन्न,’ उनले भने, ‘आममानिस पनि उत्तिकै सचेत हुनुपर्छ। रोपिएका बिरुवा चुँड्ने÷उखेल्नेलाई हामीले जरिवानासमेत गर्ने योजना बनाएका छौँ।’

महानगरले सडक किनारमा बगैँचा निर्माण, बोटविरुवा रूख÷मौसमी पूmल खरिद, बोटबिरुवामा राख्ने कीटनाशक औषधि खरिद, बिरुवाको काँटछाँट तथा सौन्दर्यीकरण गर्न बर्सेनि बजेट छुट्याउँछ। यस वर्ष यी तीन शीर्षकमा मात्र करिब ४७ लाख बजेट छुट्याएको छ। बोटबिरुवा खरिदमा मात्र २५ लाख छुट्याएको छ। अघिल्लो वर्ष पनि यही शीर्षकमा ३० लाख रुपैयाँ बजेट छुट्याएको थियो। बोटबिरुवा खरिद गर्ने, रोप्ने तर संरक्षण नगर्ने प्रवृत्तिले बजेटसमेत दुरुपयोग भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.