नेकपा सचिवालय बैठक निष्कर्ष बिहिन : आइतबार फेरि बस्ने

नेकपा सचिवालय बैठक निष्कर्ष बिहिन : आइतबार फेरि बस्ने

काठमाडौं : शनिबार बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपनिर्वाचन उम्मेदवारको नाममाथि छलफल सुरु गरेको छ। 

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा जिल्ला र प्रदेश कमिटिबाट सिफारिस भएर आएका नाममाथि छलफल भएको हो। उम्मेदवारको टुंगो लगाउन आइतबार पुनः सचिवालय बैठक बस्ने उनले जानकारी दिए। 

‘बैठकमा उपनिर्वाचनका लागि सिफारिस भएका नाममाथि छलफल सुरु भएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘नाम टुंगो लाग्न बाँकी छ। त्यसका लागि आइतबार पुनः बैठक बस्नेछ।’ 

मंसिर १४ गते देशभरका रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ।  बैठकमा नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका छन् । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको अहिलेको स्वास्थ्य अवस्था गम्भीर नभएर नियमित चेकजाँच भएको बारेमा ब्रिफिङ भएको बताए ।

‘प्रधानमन्त्रीको स्वास्थ्यमा त्यस्तो गम्भीर समस्या केही छन् । तर, स्वास्थ्यमा समस्या देखिरहेका कारणले चिकित्सकले परीक्षण गरिरहेका छन् । त्यसका केही रिपोर्ट आइसकेका छन् । केही रिपोर्ट आउन बाँकी छन् । ति रिपोर्ट प्राप्त भएपछि उपचारको बारे थप निर्णय हुनेछ’, प्रवक्ता श्रेष्ठले भने, ‘तपाईंहरुलाई थाहा भएकै हो । ग्रान्डीमा डाइलसिस भइसकेको छ । थप उपचार सबै रिपोर्ट आएपछि मात्र हुन्छ ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.