राजधानीमा छठको रमझम (फोटो फिचर)
काठमाडौं : सुरुमा तराईंमा मात्र मनाइले छठ पर्व पछिल्ला वर्षमा राजधानीमासमेत तामझामका साथ मनाउन थालिएको छ । राजधानीका विभिन्न पोखरी र नदी किनार छठको पूजापााठका लागि सजाइएका छन् । छठमा छठिमैयाको पूजा गरिन्छ । छठिमैयाको पूजा गर्नाले विभिन्न रोगबाट मुक्ति मिल्ने विश्वास रहेको छ । शनिबार साँझ छठको प्रमुख दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर ब्रत समापन गरिन्छ । शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी कमल पोखरीमा आयोजित छठको विशेष कार्यक्रममा सहभागी भएकी छन् । कमल पोखरी पुगेर दिपेन श्रेष्ठले कैद गरेका छठ उल्लासका तस्बिर :