मधेसमा सामाजिक सद्‍भाव जोड्दै छठ (१२ तस्बिर)

मधेसमा सामाजिक सद्‍भाव जोड्दै छठ (१२ तस्बिर)

बारा : मधेसको हिन्दू समुदायमा धुमधामले मनाइने छठ पर्वलाई बारामा साझा पर्वका रुपमा मनाउन थालिएको छ ।

सबै समुदायले उत्साहका साथ यो पर्व मनाउन थालेका छन् । मधेसी समुदायसँगै यहाँका पहाडी समुदाय पनि यस पर्वमा रमाउन थालेका हुन् । कतिपय स्थानमा त पहाडी समुदायकै अगुवाइमा छठघाटको निर्माण समेत हुन थालेको छ । त्यसो त, यसअघि दशैँ र भाइटीका पनि मधेसी समुदायले पहाडी समुदायले झैँ मनाए ।

‘चाडपर्वले सामाजिक सद्भाव जोड्न थालेको छ । दशैँ, तिहार र छठ साझा पर्वजस्तै भइसके,’ जीतपुरस्थित छठघाटमा भेटिएका उमेश साहले भने ‘सबै समुदायले एकै ठाउँमा बसेर पर्व मनाउँदा खुसी लाग्ने रहेछ ।’

छठको उत्साह

बाराको विभिन्न स्थानमा रहेका जलाशयमा शनिबार साँझ अस्ताउँदो सूर्यको पूजा गरियो । बिहीबारदेखि विधिवत रुपमा सुरु भएको छठको तेस्रो दिन जलाशयमा पुगेर भक्तालुले अस्ताउँदो सूर्यको पूजा गरेका हुन् ।

जिल्लाको पथलैया, सिमरा, जीतपुर, अमलेखगञ्ज, निजगढ, कलैया, परवानीपुर, सिम्रौनगढ लगायत स्थानमा रहेको जलायशमा भक्तजनको भीड लागेको थियो । अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि भक्तालु जलायश नजिक बनाइएको छठघाटमा पूजा गरेका थिए ।

दलित समुदायले पनि सँगै गरे पूजा

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जलाशयमामा बनाइएको छठघाटमा दलित समुदायले पनि अन्य भक्तालुसँगै बसेर पूजा गरेका छन् । यसअघि छठघाटमा दलित समुदायका लागि छुट्टै घाट बन्ने गरेको थियो । दलित समुदायले अन्यका लागि बनाएको घाटमा प्रवेश पाउने गरेका थिएनन् ।

उनीहरु आफ्नो लागि बनाएको घाटमा पूजा गर्न बाध्य थिए । उपमहानगरपालिकाले यस वर्ष दलित समुदायको छुट्टै घाट बन्न नदिन जनप्रतिनिधि र समुदायलाई आह्वान गरेको थियो ।

तस्बिर : दिवाकर


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.