नयाँ हिमालमा आकर्षण

नयाँ हिमालमा आकर्षण

काठमाडौं : पहिलोपटक आरोहण अनुमति माग्ने पर्वतारोही साना हिमालतर्फ आकर्षित हुन थालेका छन्। पर्यटन विभागका अनुसार पहिलोपटक आरोहण अनुमति माग्दै यो वर्षको शरद ऋतुका लागि ठूलो संख्यामा आरोही आएका छन्।

यो वर्षको शरद ऋतुमा ६ हजारदेखि आठ हजार मिटरमाथिका हिमाल आरोहण गर्न चाहने आरोहीको संख्या बिहीबारसम्म १ हजार १ सय १८ पुगेको छ। सरकारले पछिल्लो समय नयाँ हिमाल आरोहण प्रवद्र्धन गर्न थालेको छ।

विभागको तथ्यांकअनुसार ४५ वटा हिमालमध्ये १ सय ४८ टोलीमार्फत १ हजार १ सय आरोहीले यो वर्षको (सेम्टेम्बरदेखि नोभेम्बरसम्म) लागि अनुमति मागेका छन्। यो मौसमका लागि अनुमति माग्न आउनेको संख्या अझै एक दुई सातासम्म जारी रहने भएकाले आरोही अझै बढ्न सक्ने पर्यटन विभागकी निर्देशक मीरा आचार्यले अन्नपूर्णलाई जानकारी दिइन्।

विगतको तुलनामा यो वर्षको शरद ऋतुमा नयाँ हिमालतर्फ आकर्षण बढेको छ। अम्फू १ (६७४० मि), हाङ्कु चुली (६४३३ मि), हाङ्गु सरुपिक (६७६४ मि), लिङ्चु चुली (६६५९ मि), पान्पोचे १ (६६२० मि) र पान्पोचे २ (६०५०४ मि) सहित ६ वटा नयाँ हिमाल आरोहण गर्न अनुमति माग्दै आरोही आएका छन्। नयाँ हिमालको अनुमति माग्ने टोलीमा पान्पोचे १ मा दुईवटा टोलीका आठ सदस्य छन्। बाँकी पाँचैवटा हिमालमा एक÷एक टोलीका एकदेखि पाँच जनासम्म सदस्य रहेको विभागको तथ्यांक छ।

सरकारले खुला गरेका ४ सय १४ हिमालमध्ये ८६ वटा एकपटक पनि आरोहण भएका छैनन्। यो वर्ष नयाँ ६ वटा हिमालका लागि आरोहण अनुमति मागिएको छ। सबै ६ वटैमा सफल आरोहण भए नचढिएको हिमालको संख्या यो वर्ष एकैपटक ६ वटा घटेर ८० वटा कायम हुने उल्लेख छ। सरकारले नयाँ हिमाललाई प्रवद्र्धन गरिरहेको तथा ६ हजार पाँच सय मिटरसम्मका हिमाल ट्रेकिङ परमिटका हिमाल मानेको छ। ६५ सय मिटरसम्मका हिमालमा ट्रेकिङ परमिट अनिवार्य भएकाले सो उचाइका हिमालमा आउने आरोही वास्तविक आरोही मात्रै भएको पाइएको छ।

सरकारले खुला गरेका ४ सय १४ हिमालमध्ये ८६ वटा एकपटक पनि आरोहण भएका छैनन्।

नयाँ हिमालमा आरोहण गरेर कीर्तिमान बनाउने तथा पहिलोपटक आरोहण गरेको हिमालको सूचीमा नाम राख्न पनि बर्सेनि यस्ता हिमाल आरोहण प्रयास हुने गरेको छ। आरोहण प्रयास सफल नभएसम्म यस्ता हिमाल नचढिएकै सूचीमा मन्त्रालयले राख्ने गरेको छ। सोहीतथ्यांकलाई हेरेर पर्वतारोही आउने गरेका छन्।

सरकारले हिमाल बिक्री गर्न नसकेको र नचढिएका हिमालको संख्या अधिक भएको तथा एकपटक आरोहण भएर त्यसपछि पर्यटक नभएका हिमाल थुप्रेै संख्यामा छन्। हाल नेपालमा १३ सयभन्दा बढी हिमाल भए पनि सरकारले प्रवद्र्धन गर्न नसक्दा थोरै मात्रै हिमाल खुला भएको बुझाइ नेपाल पर्वतारोहण संघको छ। संघले पर्यटन वर्षलाई लक्ष्य गरी निजी क्षेत्रलाई हिमाल प्रवद्र्धनको जिम्मा दिन पनि माग गरेको छ। यो संस्थाले हाल २७ वटा ६५ सय मिटरभन्दा कमका हिमालमा आरोहण अुनमति दिइरहेको छ। यी हिमालबाट वार्षिक १० करोडभन्दा बढीको रोयल्टी नेपाल पर्वतारोहण संघले संकलन गर्दै आएको छ।

विभागका अनुसार यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणको प्रयास गर्दै दुईवटा आरोही टोलीका १० सदस्य आएका थिए। सगरमाथाका लागि भने बसन्त ऋतु मात्रै उपयुक्त मानिन्छ। यी सिजनमा दुवै टोलीको प्रयास भने असफल भएको छ। अहिलेको सिजनमा सगरमाथाकै रुट भएर जानुपर्ने नुप्त्से र ल्होत्सेमा पनि कुनै आरोही टोलीको प्रयास नभएको विभागले जानकारी दिएको छ। सरद ऋतुमा अधिक हिउँ जम्ने, हावाको बहाव नमिल्ने, तथा हिउँका ढिस्का खस्ने जोखिम भएकाले पनि आरोहीको प्रयास असफल हुने गरेको जानकारी आचार्यले दिइन्।

यो सिजनमा ८१६३ मिटरको मनास्लु र ६८१४ मिटरको आमादब्लम सबैभन्दा बढी आरोहीको आकर्षणमा परेको छ। मनास्लुमा बिहीबारसम्म २७ टोलीका २ सय ६४ सदस्यले अनुमति लिएर हिमाल आरोहणमा गएका छन्। यस्तै आमादब्लमा पनि २६ टोलीका ३ सय १ सदस्य आरोहणका लागि गएको विभागको तथ्यांमा उल्लेख छ। विभागका अनुसार यो सिजनमा जम्मा ४५ वटा हिमाल आरोहणका लािग १ सय ४८ आरोही टोलीका ११ सय १८ सदस्यले अनुमति लिएका छन्। अनुमति लिनेमा ८ सय ८० जना पुरुष र २ सय ३८ जना महिला छन्। आरोहणमा रुचि देखाएर अनुमति लिने पर्वतारोहीमा ६२ देशका आरोही छन्। यसबाट विभागले ६ करोड ३६ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.