उल्लासका साथ सकियो छठ (फोटो)
बारा : आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस वर्षको छठ सकिएको छ । नदीमा बनाइएको सजिया घाटमा पूजा गरेपछि व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिएका थिए ।
सूर्यलाई अर्घ दिन बाराको विभिन्न जलाशय र छठघाटमा भक्तालुको भीड लागेको थियो । यसअघि शनिबार साँझ अस्ताउँदो सूर्यलाई व्रतालुले अर्घ दिएका थिए ।
छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई व्रतालुले अर्घ दिने गर्दछन् ।
बाराको पथलैया, सिमरा, जीतपुर, अमलेखगंज, निजगढ, डुमरवाना, नितनपुर, परवानीपुर, सिम्रौनगढ, कोल्हवीलगायतका स्थानमा छठ पुजाका लागि सजिया घाट बनाइएको थियो । हाम्रा सहकर्मी दिवाकर भण्डारी र क्रान्ति शाहले क्यामेरामा कैद गरेका तस्बिर।
प्रतिक्रिया दिनुहोस !
५