स्वास्थ्य चौकीमै सुत्केरीको मृत्यु

स्वास्थ्य चौकीमै सुत्केरीको मृत्यु

बाजुरा : त्रिवेणी नगरपालिकास्थित छतारा स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएको छ । सुत्केरी भएको ६ घण्टा पछि छतारा स्वास्थ्य चौकीमै ३७ वर्षीया रेजीया नेपालीको मृत्यु भएको अनमी सुमित्रा पाध्यायले बताइन् ।

त्रिवेणी नगरपालिका १ छतारा बिशाल बजार बस्ने रेजीया नेपाली चौथो सन्तान जन्माउन स्वास्थ्य चौकी पुगेकी थिइन् । शिशु जन्माएको ६ घण्टापछि बेहोस भएर रेजीनाको मृत्यु भएको अनमी पाध्यायले जानकरी दिइन । 

सुत्केरी गराउन स्वास्थ्य चौकी ल्याएको केही मिनेटमै बच्चा जन्मिएको थियो।सुत्केरीपछि पनि उनको अवस्था सामान्य थियो।शनिबार बिहान ११ बजे आफन्तले स्वास्थ्य चौकी पुर्‍याउँदा उनले बच्चा जन्माएकी थिइन् ।चार बजेसम्म अवस्था राम्रै थियो, ५ बजेपछि एकाएक बेहोस भएर मृत्यु भएको अनमी पाध्यायले बताइन् ।

बिहान एक गिलास दूध र बिस्कुट खाइन, बच्चालाई दूध चुसाइन।त्यसको आधा घण्टा पछि बेहोस भएर मृत्यु भएको स्वास्थ्य चौकीको भनाई छ ।

शरीरमा रगतको मात्रा निकै कम थियो। कमजोरीकै कारण बेहोस भएको हुनसक्ने स्वास्थ्य कर्मीको भनाई छ । शरीरमा रगतको मात्रा कम भएर नै कमजोरीले ज्यान गएको हुनसक्ने त्रिवेणी स्वास्थ्य शाखा संयोजक चिरञ्जीवी शाहको भनाई छ । तर मृत्युको कारण यही हो भनेर भन्न सक्ने अवस्था नरहेको शाहले बताए।

सामान्य अवस्थामा सुत्केरी भएकाले थप उपचार र विकल्प खोज्ने अवस्था नै थिएन परिवारका आफन्तसँग राम्रो कुराकानी पनि भएको थियो। 'उनका श्रीमान चंख नेपालीसहित आफन्तहरु पनि सँगै थिए,'अनमी पाध्यायले भनिन्, 'नेपालीबाट जन्मेको शिशुको अवस्था सामान्य छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.