बास्कोटालाई त्रिविको उपकुलपति बन्‍ने बाटो खुल्यो

बास्कोटालाई त्रिविको उपकुलपति बन्‍ने बाटो खुल्यो

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष प्राध्यापक डा. धर्मकान्त बास्कोटालाई बाटो खुला भएको छ । दसैंअघि शिक्षामन्त्रीको अध्यक्षतामा रहेको उपकुलपति सर्च कमिटीले बास्कोटासहित तीन जनाको नाम प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई सिफारिस गरेको थियो ।

त्यतिखेर पहिलो नम्बरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला पहिलो नम्बरमा तथा दोस्रो नम्बरमा बास्कोटाको नाम सिफारिस गरिएको थियो । तेश्रो नम्बरमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राध्यापक डा. चन्द्रमणि पौडेलको नाम थियो ।

सामान्यतया सर्च कमिटीले पहिलो नम्बरमा सिफारिस गरेका व्यक्तिलाई उपकुलपति बनाउने चलन थियो । तर प्रधानमन्त्रीको रोजाइमा रहेका बास्कोटालाई दोस्रो नम्बरमा सिफारिस गरिएको थियो । 

पहिलो नम्बरमा रहेका कोइराला आइतबार मात्र नेपाल मेडिक काउन्सिलको अध्यक्ष नियुक्त भएका छन् । बास्कोटाको कार्यकाल सकिएपछि काउन्सिल अध्यक्षविहिन थियो ।  कोइरालालाई उपकुलपति बनाउन विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षामन्त्री पोखरेलले जोड गरेका थिए । प्रधानमन्त्रीको रोजाइमा भने बास्कोटा थिए । 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को रोजाइमा भने पौडेल थिए । कोइराला काउन्सिल अध्यक्ष भएपछि बास्कोटा सहजै उपकुलपति हुने विश्वविद्यालयका प्राध्यापकबीच चर्चा सुरु भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.