बालुवाटारमा सुरू भयो सचिवालय बैठक, मन्त्रिपरिषद् केही बेरमा बस्ने
काठमाडौं : बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकलाई पछाडि सारेर सचिवालय बैठक सुरु गरेका हुन्।
सचिवालयको बैठक बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेनत अधिकारीले जानकारी दिए। प्रधानमन्त्रीले ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाइए पनि त्यसलाई ६ बजे सारेर सचिवालय बैठक सुरु गरिएको हो।
आइतबार नै बसेको मन्त्रिपरिषद् बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गर्नेलगायत निर्णय गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले आजै सातै प्रदेशका प्रमुखलाई पदमुक्त पनि गरेकी छन्।