नेता काठमाडौं बाहिर हुँदा कांग्रेस पदाधिकारी बैठक बस्न सकेन

नेता काठमाडौं बाहिर हुँदा कांग्रेस पदाधिकारी बैठक बस्न सकेन

काठमाडौं : आइतबारका लागि बोलाइएको कांग्रेस पदाधिकारी बैठक स्थगित भएको छ। उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदारका साथै कोषाध्यक्ष सीतादेवी यादव काठमाडौं बाहिर रहेकाले कांग्रेस पदाधिकारी बैठक स्थगित भएको हो। 

मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीकातर्फबाट उम्मेदवार चयन गर्न पदाधिकारी बैठक बोलाइएको थियो।

दिउँसो तीन बजे बोलाइएको बैठकमा सहभागी हुन वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का र सहमहामन्त्री डा. प्रकाशशरण महत सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका थिए। तर नेता त्रय नआएपछि बैठक स्थगित भएको थियो। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कांग्रेस पदाधिकारी बैठक मंगलबार बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिले उपनिर्वाचनमा उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिएको थियो।

कात्तिक २१ गते उम्मेदवार मनोनयन दर्ता भएपनि कांग्रेसले अझै उम्मेदवार तय गर्न सकेको छैन।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.