नायिकाहरूले यसरी मनाए छठ

नायिकाहरूले यसरी मनाए छठ

काठमाडौं  : सूर्यको उपासना गरी मनाइने छठ पर्व तराईवासीसँगै अब सबै जाति, धर्मीले मनाउने सद्भाव पर्वको रूपमा मनाउन थालिएको छ। यसै क्रममा पर्व छठ नेपाली फिल्मका कलाकारले पनि मनाएका छन्। हरेक वर्ष छठ मनाउँदै आएकी अभिनेत्री रेखा थापाले यो वर्ष आफ्नै जन्मस्थल मोरङको सलकपुरमा पुगेर परिवारसँग मनाएकी छन्। फेसबुकमा छठ पूजा गरेको तस्बिर सेयर गर्दै उनले लेखेकी छिन्, ‘सूर्यदेव तथा षष्ठी भगवतीको पूजा अर्चना। मंगल होस्, सिद्धि होस्, जय होस् सबैको।’

अर्की कलाकार तथा निर्देशक दीपा श्री निरौलाले आफ्नो जन्मथलो विराटनगर पुगेर परिवार र आफन्तजनको साथमा छठ मनाएकी छन्। त्यस्तै अभिनेत्री सञ्चिता लुइँटेलले पनि छठ मनाएको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन्।

छठको सन्देश

छठको विस्तारीकरणमा दुइटा पक्ष देख्छन् नेपाल संगीत नाट्य प्रतिष्ठानका प्राज्ञ धीरेन्द्र प्रेमर्षि। पहिलो हो सामाजिक सहिष्णुता बढ्दै गई एकले अर्काको संस्कृति अंगीकार गर्ने परम्परा। दोस्रो हो धर्मान्धता। प्रेमर्षि भन्छन्, ‘छठ सबैले मान्न थालेको देख्दा धर्मकर्म गर्ने चलन नेपालीहरूको बढ्दै गएको हो कि भन्ने देखाउँछ। तर यो सतही रूपमा मात्रै बढेको हो पनि देखिन्छ।’ उनी प्रश्न गर्छन्, न भए नदीकिनार छठको बेला मात्रै किन सरसफाइ हुन्छ ? छठ घाट बढ्दै गएको छ, तर नदी वरपर फोहोर उस्तै बढेको छ। अघिपछि नदी फोहोर गर्ने, छठमा मात्रै नदीभित्रै गई हात जोड्नेहरूलाई छठी मैयाँले कसरी आशीर्वाद देलिन् र ?

लेखक तथा स्वतन्त्र पत्रकार केदार शर्मा यसपालि कोसी घाटको छठमा सपरिवार सहभागी भएर रमाए। सबै अनुष्ठान आफैंले गर्ने परम्पराले उनलाई लोभ्यायो। शर्माले ट्विटरमा उल्लेख गरेका छन्, ‘छठ लोकपर्व रहेछ, लोकअनुष्ठान रहेछ। छठ महापर्वको पूरै अनुष्ठानमा कुनै पुरोहित चाहिँदैन भन्ने थाहा पाउँदा दंग परियो। छठी माई र भक्तजनका बीचमा सीधा सम्बन्ध छ। यहाँ कस‌ैको मध्यस्थता चाहिँद‌ैन !’ उनी अगाडि भन्छन्, ‘तराईवासीसँगै पहाडवासीको पनि सहकार्यले छठजस्ता पर्वले नेपालीहरूमा एकता बढ्दै गएको देखाउँछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.