बाजुरामा चुनावी सरगमी बढ्यो

बाजुरामा चुनावी सरगमी बढ्यो

बाजुरा : आगामी मंसिर १४ गते हुने उपनिर्बाचनको बाजुरामा चहलपहल बढेको छ । बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका १ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुने भएको छ। सत्ता रुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको तर्फबाट मन्राज बुढालाई सिफारिस गरी प्रदेश कमिटीमा पठाएको नेकपा जिल्ला कमिटी सचिव भरत बुढाले जानकारी दिए । 

२०७४ को स्थानीय तहको निवार्चनमा वडाध्यक्षका प्रत्यासी बुढाले ३५ मतले पराजय भएका थिए । पराजय भएका बुढालाई नै उपनिर्वाचनमा पनि उम्मेदबार बनाएर टिकट दिने निर्णय गरेको नेकपा जिल्ला कमिटी सचिव बुढाले बताए ।

त्यस्तै नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराले वडाध्यक्ष पदका लागि खगेन्द्र चदारालाई सर्बसम्मत उम्मेदवार छनौट गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यलयमा चदाराको नाम सर्बसम्मत सिफरिस गरि पठाएको पार्टी सभापति कबिराज पण्डितले बताए।

आगामी मंसिर १४ गते हुन गैरहेको उप-निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट नगरकार्य समितिले सर्वसम्मत प्रदेश 'ख'लाई सिफारिस गरेपछि जिल्ला कार्य समितीबाट पनि अनुमोदन गरी केन्द्रीय कार्यालयमा पठाएको पार्टी सभापति पण्डितले बताए ।

उक्त वडामा हाल १ हजार ३९ मतदाता संख्या रहेको कार्यवाहक वडाध्यक्ष भुवने चदाराले जानकारी दिए । तत्कालिन वडाध्यक्ष खम्म नेपालीको २०७५ अषाढ १३ गते जीप दुर्घटना परी मृत्यु भएको थियो ।

२०७४ को स्थानीय तहको निर्वाचनमा ३ सय ६५ मत प्राप्त गरी विजयी भएका थिए। त्यतिबेला जम्मा सात सय मत खसेको कार्यबाहक अध्यक्ष चदाराले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.