आलमविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

आलमविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

काठमाडौं : बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर हत्या आरोपमा पक्राउ परेका अभियुक्त मोहम्मद अफताव आलमविरुद्ध सोमबार जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता हुँदैछ। 

आलममाथि जन्मकैदको अभियोगपत्रसहितको फाइल जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाइसकेको छ। सरकारी वकिल कार्यालयले आज दिउँसो मुद्दा दर्ता गर्दैछ।

यसअघि जिल्ला अदालतबाट तीन पटक म्याद थप गरेर आलममाथि प्रहरीले अनुसन्धान गरेको थियो।

२०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको उनीमाथि आरोप लागेको छ। सर्वोच्च अदालतको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटले असोज २६ गते बमकाण्डका मुख्य आरोपित आलमलाई पक्राउ गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.