अन्तरिक्ष यात्रीको नयाँ सुट
चन्द्रमामा जाने अन्तरिक्ष यात्रीका लागि अमेरिकी स्पेस एजेन्सी नासाले दुई प्रकारका सुट डिजाइन गरेको छ। पहिलो सुटको नाम हो, एक्सईएमयू। नासाका अनुसार चन्द्रमामा जानको लागि यो निकै उपयुक्त लुगा हो। पहिलेको भन्दा यो बढी फिटिङ पनि हुन्छ। यो सँगै एउटा सुन्तला रङको सुटको मोडल पनि छ जसलाई ओरायन क्रु सर्वाइबल सिस्टम भनिएको छ। हेलमेटसँग बनेको यो सुट अन्तरिक्ष यात्रीले त्यतिबेला लगाउन सक्छन् जब ओरायन अन्तरिक्ष यान पृथ्वीभन्दा बाहिर छोडिनेछ र फेरि त्यो पृथ्वीमा फर्किनेछ। यो चन्द्रमाका साथै दोस्रो ग्रहमा जाने समयमा पनि लगाउन सकिनेछ।
एक्सप्लोरेसन एक्स्ट्रीवेहिकुलर मोबिलिटी युनिट अर्थात् एक्सईएमयु सुट अन्तरिक्ष यात्रीको शरीरको आकार अनुसार ढल्न सक्छ। यो वर्षको मार्चमा महिला अन्तरिक्ष यात्रीको एक समूह अन्तर्राष्ट्रिय स्टेसन जाने योजनामा थिए। यो योजना त्यतिबेला रोकिएको थियो। किनकि ती महिला अन्तरिक्ष यात्रीको शरीरको आकारअनुसार उनीहरूलाई फिट हुने सुटको व्यवस्था थिएन।
स्पेसक्राफ्ट इन्जिनियर ऐमी रसले यो नयाँ सुटमा अन्तरिक्ष यात्रीले पहिलेभन्दा राम्रो तरिकाले हात र नाडीको प्रयोग गर्न सक्ने र टाउको माथि पनि आफ्ना हात घुमाउन सक्ने बताएका छन्।
साथै यो नयाँ सुटलाई कम्मर र घुँडासँगै अधिक लचकदार बनाइएको छ। यसो हुँदा अन्तरिक्ष यात्रीले निहुरेर कुनै पनि ढुंगा उठाउन सक्छन्। यो सुट भित्र अक्सिजनको सप्लाई पनि राम्रोसँग गर्न सकिनेछ। यो सुट लगाउने अन्तरिक्ष यात्रीले बिना चिन्ता लगातार आठ घण्टा काम गर्न सक्नेछन्। आपत्कालीन स्थितिको लागि अरू एक घण्टा पुग्ने अक्सिजनको व्यवस्था पनि सुटमा छ।