महराको थुनछेक बहस सकिन लाग्दा रोशनी अदालतमा
काठमाडौं : कृष्णबहादुर महरामाथि लागेको जबर्जस्ती करणी मुद्दाको थुनछेक बहस सकिएको छ ।
अब पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा अदालतले आज सोमबार निर्णय गर्नेछ । अदालतले अहिले फैसला तयार पार्दैछ ।
बरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शेरबहकादुर केसी, कविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाको बहस सकिएपछि सरकारी वकिलले कानुनी प्रतिवाद गरेका थिए ।
थुनछेक बहस सकिनै लाग्दा पीडित रोशनी शाही अदालतमा उपस्थित भएकी थिइन्। बन्द इजलाशमा पुगेकी रोशनी कुनै प्रतिक्रिया नदिइकन फर्किइन् । अदालतको बहस सुन्न अदालत गएकी शाही बहस सकिएपछि केही बेरमै फर्किसकेकी हुन् ।