प्रधानमन्त्रीका निजी चिकित्सक आयोगको सदस्यमा मनोनित

प्रधानमन्त्रीका निजी चिकित्सक आयोगको सदस्यमा मनोनित

काठमाडौं : प्रधानमन्त्रीको निजी चिकित्सक प्राध्यापक डा. दिव्यासिंह शाह चिकित्शा शिक्षा आयोगको सदस्यमा मनोनित भएकी छन् । उनलाई प्रधानमन्त्रीले सोमबार सदस्यमा नियुक्त गरेका हुन् । आयोगको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ ।

आयोगका अनुसार चिकित्शा शिक्षा कार्यक्रम संचालन भएका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरु मध्येबाट तीन जनालाई पनि सदस्यमा मनोनित गरिएको छ । जसमा त्रिभुवन विश्वविद्यालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बपिी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रहेका छन् ।

एसोसियसन अफ हेल्थ प्रोफेसन्स एजुकेसनिष्ट अफ नेपालका अध्यक्ष तथा नेपाल नर्सिङ संघका अध्यक्ष पनि सदस्यमा मनोनयन गरिएको छ ।

स्वास्थ्य सम्बन्धी राष्ट्रिय तहका मेडिकल तथा नर्सिङ लगायत आधिकारिक पेशागत संगठनका अध्यक्षहरु मध्येबाट कम्तिमा एकजना महिला सदस्य रहने ऐनमा व्यवस्था भएको छ । प्राडा. दिव्यासिंह शाह, प्राडा. शैली प्रधान, प्राडा. जगदीश अग्रवाल पनि सदस्यमा नियुक्त भएको शिक्षा मन्त्रालय जनाएको छ । आयोगको कार्यकारी उपाध्यक्षमा यसअघि नै प्रा. डा. श्रीकृष्ण गिरी नियुक्त भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.