आर्टिस्टका अनेक प्रस्तुति

आर्टिस्टका अनेक प्रस्तुति

काठमाडौं : आर्ट भन्नासाथ हरेकको मनमा चित्र, तस्बिर या पोट्रेटको दृश्य आउँछ। तर पछिल्लो समय आर्टको परिभाषा फराकिलो हुँदैछ। कोही रङको प्रयोग गरेर कुनै थिममा काम गर्छन् त कोही प्रकाशको समायोजन गरेर आफूलाई प्रस्तुत गर्छन्। कसैले शारीरिक वा मानसिक मेडिटेसनलाई फोकस गर्छन् त कसैले धागो, रूख, ढुंगा, माटो, काठ, धातु, कपडा प्रयोग गरेर आफ्नो विषयलाई कलात्मक तरिकाले प्रदर्शन गर्छन्। कुनै पनि नियममा बाँध्न नमिल्ने र यस्तै नै हुनुपर्छ भन्ने नभएको सिर्जनाको एक स्वरूप हो, परफरमेन्स आर्ट। यसमा व्यक्ति स्वतन्त्र हुन्छ र विषयसँग धीत मरुन्जेल खेल्न पाउँछ।

आइतबारदेखि राजधानीमा दोस्रो अन्तर्राष्टिय परफरमेन्स आर्ट फेस्टिभल सुरु भएको छ। विन्दु स्पेस फर आर्टिस्ट समूहको आयोजनामा भएको आर्ट फेस्टिभल चार दिनसम्म चल्नेछ। पाटनको तारा आर्ट ग्यालरीमा देशीविदेशी भिजुअल आर्टिस्टले आआफ्नो देशमा आर्टको यो विधामा गरेका काम सुनाउँदै, भिडियो फोटो र युट्युब लिंक प्रदर्शन गर्दै फेस्टिभलको सुरुआत गरे। यहाँ चीन, भारत, जापान, बंगलादेश र नेपालका कलाकारको सहभागिता छ। बौद्धस्थित तारागाउँ म्युजियममा कलाकारले दुई दिनसम्म परफम गर्नेछन्। चौथो दिन कलाकारको टोली ऐतिहासिक स्थान काभ्रेको पनौतीमा लाइभ परफरमेन्समा जानेछ। दुई दिनसम्म पनौती बसाइमा कलाकारले त्यहाँको ऐतिहासिक स्थलको भ्रमण गर्नेछन्।

संसारभर आर्टको क्षेत्रमा नयाँनयाँ प्रयोग हुँदै आएको छ। परफरमेन्स आर्ट, प्रिन्ट मेकिङ, इन्स्टलेसन आर्ट, फोटोग्राफीजस्ता विधालाई आर्टको न्यु मिडियाअन्तर्गत समेटिएको छ। नेपालमा पनि सन् १९९६ देखि परफरमेन्स आर्ट भित्रिएको हो। सूत्र आर्ट ट्रस्ट नामक संस्थाले आर्टलाई फरक तरिकाले प्रस्तुत गर्न सकिन्छ भन्ने प्रयोगस्वरूप परफरमेन्स ल्याएको हो। कन्टेमपोररी आर्टलाई प्रमोट गरौं, नेपाली र विदेशी कलाकारबीच सम्बन्ध स्थापना गरौं भन्ने मूल उद्देश्यसाथ फेस्टिभल सुरु भएको हो।

विन्दु स्पेस फर आर्टिस्ट समूह सन् २००६ मा जन्मेको हो। सुरुआतदेखि नै यो संस्थाले आर्टको न्यु मिडियाअन्तर्गत रहेर काम गर्दै आएको छ। सन् २००८ र २०१२ मा जापान, बंलादेशका परफरमेन्स आर्टिस्ट बोलाएर नेपालमा छलफल तथा वर्कसप सम्पन्न भएको थियो। सन् २०१६ मा यसले फेस्टिभलकै पहिलो संस्करण सम्पन्न गरेको थियो।

जापानी आर्टिस्ट दैसुके टाकेयाले जापानमा परफरमेन्स आर्टको माहोलबारे चर्चा गरेका थिए। पेन्टिङ, फोटोग्राफी र आर्ट अनुसन्धानमा सक्रिय टाकेया लामो समयदेखि जापानको कला विकासमा संग्लन छन्। उनले आर्टमा विशेषतः बच्चाको संवेदनशील विषयमा परफम गर्छन्। उनी बच्चामा हुने सेक्सुअल ह्र्‍यासमेन्टदेखि किशोरकिशोरीको समस्या उठान गर्छन्। चीनका यिन त्रियन्सीले प्रस्तुत गर्ने आर्टमा मेडिटेसनका फर्म बढी पाइन्छन्। आफ्नै शरीरलाई विभिन्न प्रयोग गरेर कहिले न्युड मान्छे बालुवामा हिँडिदिन्छन् त कहिले हिमालको संरक्षणमा एक्लै आवाज उठाउँछन्। बुद्ध धर्मको विशेष प्रभाव रहेका त्रियन्सीमा सुन्दर प्रकृतिप्रति विशेष लगाव छ।

बंगलादेशमा जन्मेर चीनमा फाइन आर्ट पढ्दै गरेकी रिया रजवाना परफरमेन्स आर्टमै आफूलाई स्थापित गरिरहेकी छन्। तारा आर्ट ग्यालरीमा आफ्नो अनुभव सुनाउँदै रियाले चीनमा गएपछि पहिले आफ्नोभन्दा अघि देश सोध्ने गरेको र यसले आफूलाई निकै दुःखी बनाउने गरेको अनुभव बाँडिन्। यस्तै भारतका सतध्रु सोभान बन्डुरीले इन्डियन परफरमेन्स आर्टका बारेमा जानकारी दिए। लाइटको प्रयोग गरेर आफ्नो थिम प्रस्ट्याउन चाहने बन्डुरीका अधिकांश आर्टमा ग्रुपको एक्सन परफरमेन्स देखिन्थ्यो। सोमबार बौद्धस्थित तारागाउँ म्युजियममा कलाकारले विभिन्न थिमको आर्ट परफम गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.