बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक : उम्मेदवारको टुंगो लाग्ला ?
काठमाडौं : उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेस पदाधिकारी बैठक बसेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मंगलबार बिहानैबाट सुरू भएको पदाधिकारी बैठक अझै सकिएको छैन्।
बैठकमा सहभागी एक नेताका अनुसार संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आ-आफ्नोमा अडानमा अडिएकाले अहिलेसम्म कुनै निष्कर्ष निस्किएको छैन। मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीकातर्फबाट उम्मेदवार चयनका विषयमा कांग्रेसभित्र पुन: खिचातानी सुरू भएको छ।
कास्की-२ मा आफू पक्षको उम्मेदवार खडा गर्न संस्थापन र पौडेल पक्ष खिचातानीमा उत्रिएको ती नेताले जानकारी दिए। बिहीबार उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने भएको छ। तर, कांग्रेसले अझै पनि उम्मेदवार चयन गर्न सकेको छैन।