बयान सकिएन : आलम हिरासतमै

बयान सकिएन : आलम हिरासतमै

रौतहट : हत्या आरोपमा पक्राउ परेका निलम्वित सांसद मो. अफताब आलमको मंगलबारको बयान सकिएको छ। बुधबार उनीसँग पुन बयान लिने जनाइएको छ । बयान नसकिएकाले बुधबार बयान लिने अदालतले जनाएको छ।

जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा नेता आलमसँग बयान लिएको थियो।आलम पक्षका कानुन व्यवसायीले मिसिलको फोटोकपी नपाएको भन्दै केहीबेर बयान रोकेका थिए । पछि फोटोकपी वितरण भएपछि बयान थालिएको थियो । आलमको बयान नसकिएकाले जिल्ला प्रहरी कार्यालयमा लगिएको छ।

आठ सय भन्दा बढी पृष्ठको मिसिल फोटोकपी गर्न समय लागेकाले वितरणमा ढिलाइ भएको सरकारी वकिलको कार्यालयले जनाएको छ । आलमलाई ३२ वर्ष कैद माग गर्दै सोमबार जिल्ला अदालतमा मुद्धा दर्ता भएको थियो । कर्तव्य ज्यान, ज्यान मार्ने उधोग, बिस्फोटक पदार्थसम्बन्धी मुद्धा दर्ता गरिएको जिल्ला न्यायधिबक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए।

२०६४ साल चैत्र २७ गते आलमका काका शेष इद्रिसको गोठमा बम विष्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा जलाएको आरोपमा गत असोज २६ गते नेता आलम पक्राउ परेका थिए ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले २०७५ चैत ८ गते पछिल्लो पटक जिल्ला प्रहरी कार्यालयलाई मुद्दाको अनुशन्धान गर्न पत्राचार गरेपछि घटनाका मुख्य आरोपी भनिएका नेता आलम पक्राउ परेको हुन् । 

आलमको बयान सकिएपछि सरकारी पक्षबाट सहन्यायधिबक्ता सूर्यराज दाहाल, उपन्यायधिबक्ता अर्जुन कोइराला र पर्सा जिल्लाका न्यायधिबक्ता रुद्रप्रसाद पन्थीले थुनछेक बहस गर्नेछन् ।

रौतहटको यमुनामाइ गाउँपालिका ४ का त्रिलोक प्रतापसिंहका बाबु श्रीनारायण सिंह र ओसी अख्तरका आमा रोक्साना खातुनले त्रिलोक र ओसिलाई इँटाभट्टामा हालेर मारेको भन्दै कतव्र्य ज्यान मुद्धामा  किटानी जाहेरी दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.