पुलिस सेमिफाइनल प्रवेश

पुलिस सेमिफाइनल प्रवेश

झापा : सशस्त्र प्रहरी बलको एपीएफ टिमलाई पराजित गर्दै नेपाल पुलिस क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। एपीएफको चुनौतीलाई पुलिसले सडन डेथबाट समाप्त गरेको हो।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको दोस्रो क्वाटरफाइनलमा ५-४ गोलले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले समान १-१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो।

पुलिसका लागि भरत शाह, हेम तामाङ, मानबहादुर परियार, अन्जन राई र भोला सिलवालको प्रहार गोलमा परिणत भएको थियो भने सुमन लामा र हरि कठायतको प्रहार बाहिरिएको थियो।

त्यस्तै, एपीएफका लागि सुदीप शिख्रकार, नवीन लामा, आशिष लामा र रवि थिङको प्रहार गोलमा परिणत हुँदा राजु नगरकोटी, बुद्धिमान राई र हरि कार्कीको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाउ गरेका थिए। उनी नियमित गोलरक्षक शत्रुधन चौधरीको स्थानमा मैदान प्रवेश गरेका थिए।

खेलको पहिलो हाफमा सशस्त्र प्रहरीले गोल गर्दै अग्रता लिएको थियो तर, दोस्रो हाफमा पुलिसले एक गोल गरेर खेललाई बराबरीमा फर्कायो। प्रतिस्पर्धात्मक खेलमा हरि कार्कीले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए।

 पुलिसका भोला सिलवाल खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पुरस्कार पाए। १० वटा टिम सहभागी गोल्डकपमा बुधबार त्रिभुवन आर्मी क्लब र भारत असामको मोलवे एफसीबीच हुनेछ। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.