नेपाली माटोमाथि उब्जने प्रश्न स्वीकार्य छैन : विश्वप्रकाश
काठमाडौं : भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो देशमा भएको नक्सा सार्वजनिक गरेको प्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली माटोका बारे कहिँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य नहुने बताएका हुन्। सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै प्रवक्ता शर्माले सरकारलाई तत्काल धारणा सार्वजनिक गर्न र गम्भीर पहल थाल्न आग्रहसमेत गरेका छन्।
‘दिल्लीबाट जारी नयाँ नक्साप्रती गम्भीर ध्यानाकर्षण भएको छ’, शर्माले भनेका छन्, ‘कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन्। नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस्। नेपाली माटोका बारे कहिँबाटपनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छ।’