पानीका मुहान जोगाउँदै गाउँपालिका

पानीका मुहान जोगाउँदै गाउँपालिका

प्यूठान : जलवायू परिवर्तन र जथाभावी सडक निर्माणले सुक्न थालेका पानीका मुहान जोगाउन स्थानीय सरकारले चासो देखाएका छन्। मुहान सुकेपछि दिर्घकालीन असर पर्ने भन्दै स्थानीय सरकारले पानीका मुहान संरक्षणमा जोड दिएका छन्।

मल्लरानी गाउँपालिका खलंगाले मुहान तथा जलस्रोत संरक्षण कार्यक्रम योजना बनाएरै अघि सारेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले चालु यस वर्ष मुहान संरक्षणका लागि ५ लाख रुपैयाँ छुट्याइएको बताए। यो बजेटबाट सिमसार बनाउन वृक्षारोण, तारजाली निर्माणलगायतका काम गरिनेछ। वडा नम्बर १ स्थित चुँजाको माथिल्लो भाग, वडा नम्बर ३ को बर्वोट, मुनडाँडा क्षेत्रमा मुहान संरक्षण गर्नुपर्ने देखिएको उनले जनाए। यस्तै माण्डवी गाउँपालिकाले पनि पाँच लाख रुपैयाँ मुहान संरक्षणमा विनियोजन गरेका छ। पाँचवटै वडाका मुहानको संरक्षणमा बजेट खर्चिने माण्डवीका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिसालले बर्ता।

खानेपानी पानी अभाव झेल्दै आएको वडा नम्बर १ स्थित तिराममा छिमेकी सरुमानी गाउँपालिकामा रहेको मुहानबाट पानी ल्याउने योजना पनि रहेको उनले जानकारी दिए। तिराममा ४० लाख रुपैयाँ लगानीमा खानेपानी योजना सञ्चालन हुँदैछ। ‘दिनप्रतिदिन गाउँमा पानीको हाहाकार बढ्दै आएको छ’, उनले भने, ‘गाउँको समस्या समाधानका लागि गाउँपालिका गम्भीर छ। यसवर्ष सम्भावीत मुहान संरक्षण गर्न प्राविधिक निरीक्षण भइरहेको छ।’

वातावरणीय प्रभाव मूल्यांकनबिनै निर्माण गरिएका सडक छेउका पानीका मुहान सुख्खा भइसकेका छन्। कतिपय ठाउँमा मुहान पुरिएका छन् भने केही ठाउँमा मुहान भासिएका छन्। प्राकृतिक रूपमा रसाउने मुहान जोगाउन सके खानेपानीको दिगो समाधान हुने अधिकृत रिजालको भनाइ छ। पानीका सुक्ने कारण पहिचान गर्न विशेषज्ञ टोली मल्लरानी गाउँपालिकाको वडा नम्बर–५ स्थित धरमपानीमा परिचालन गरिएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ प्यूठानका अध्यक्ष रामबहादुर केसीले बताए।

‘मुहान सुक्नुको खास कारण पहिचान गर्दैछौं’, उनले भने, ‘एक महिनाभित्र स्थलगत प्रतिवेदन आउँछ। त्यसपछि महासंघले ठोस योजना बनाउने छ।’ जिल्लास्थित स्थानीय गाउँ तथा नगरपालिका र सरोकारवाला निकायहरुबीच सहकार्य गरेर मुहान संरक्षण गर्न उनले सुझाव दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.