प्रदेश २ का प्रमुख परियारले सम्हाले पदभार

प्रदेश २ का प्रमुख परियारले सम्हाले पदभार

जनकपुरधाम : प्रदेश २ का नव नियुक्त प्रदेश प्रमुख तिलक परियारले पदभार ग्रहण गरेका छन्। बुधबार बिहान जनकपुरधाम आइपुगेका प्रमुख परियारलाई प्रदेश प्रमुखको कार्यालयमा प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनालले स्वागत तथा अभिनन्दन गरेका थिए । मन्त्री सोनलले स्वागत तथा अभिनन्दन गरे लगत्तै नेपाली सेनाको एक टुकडीले प्रदेश प्रमुख परियारलाई सलामी दिए ।

प्रदेश प्रमुख तिलक परियारले पदभार ग्रहण गर्दै उनले संविधान सम्मत प्रदेश काम गर्ने बताए । उनले भने, 'प्रदेशको समृद्धि र सुखी नेपालीका लागि एक ढिक्का भएर जनताको लागि काम गर्नेछु, विगतमा म कुनै पार्टीमा थिए, तर अब म पार्टीको नेता कार्यकर्ता रहीन, म राष्ट्रको सेवक सिपाही भएकाले राष्ट्र हितमा आउने विधेयक अध्ययन गरेर संधिवान सम्मत रहे प्रमाणिकरण गर्नेछु ।'

परियारले प्रदेश मात्र नभई देशकै सुख, समृद्धि र विकासमा सरकारलाई दिशानिर्देश गर्ने बताए । जनकपुर विमानस्थल प्रदेश प्रमुख नवनियुक्त तिलक परियारलाई उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका थिए।    

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.