भारतीय नक्साविरुद्ध आज प्रदर्शन हुँदै
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले भारतको नयाँ नक्साविरुद्ध प्रदर्शन गर्ने भएको छ। भारतद्वारा भर्खरै सार्वजनिक राजनीतिक नक्सामा नेपाली भूभाग पनि समावेश गरिएका कारण विरोध प्रदर्शन गर्न लागिएको विद्यार्थी नेता आरसी लामिछानेले जानकारी दिए।
'बुधबार दिउँसो २ बजे भृकुटीमण्डपमा विरोध प्रदर्शन गर्न लागेका छौं', नेता लामिछानेले भने।
भारतले नयाँ राजनीतिक नक्सामा नेपालका कालापानी, लिपुलेक आफ्नो भूभागमा राखेको छ। सले ६ दशकदेखि कालापानी र लिपुलेक कब्जा गरेको हो।
भारतले पाकिस्तानप्रशासित जम्मु कश्मीरसमेत आफ्नो नक्सामा समेटेको छ। भारतले जम्मु कश्मीर र लद्दाखलाई दुई प्रदेश बनाएर नक्सा जारी गरेको हो। पाकिस्तानप्रशासित कश्मीर (पीओके) पनि भारतको नयाँ नक्सामा परेको हुँदा पाकिस्तानले विरोध गरेको छ। उसले त्यो नक्सा मान्य नहुने भन्दै संयुक्त राष्ट्रसंघमा जाने चेतावनी दिएको छ। नेपालले भने औपचारिक धारणा सार्वजनिक गरेको छैन।