विदाइ कार्यक्रममा झाले भने- निजामतिबाट आएको हुँ, अभ्यत छु, विचलित छैन

विदाइ कार्यक्रममा झाले भने- निजामतिबाट आएको हुँ, अभ्यत छु, विचलित छैन

रुपन्देही : पाँच नम्बर प्रदेशको प्रदेश प्रमुखबाट पदमुक्त भएका उमाकान्त झाले संघीय सरकारले गरेको निर्णयबाट आफू विचलित नभएको बताएका छन् । उनले यस्ता प्रक्रिया आफूले बेलाबेला भोगिरहेको सुनाए । बुधबार प्रदेश प्रमुख कार्यालयमा भएको आफ्नो विदाइ कार्यक्रममा झाले भने, 'निजामति कर्मचारीबाट आएकाले यस्ता प्रक्रियाबाट अभ्यस्त भइसकेको छु । त्यसैले यसबाट म अथवा कोही पनि विचलित हुनुपर्ने आवश्यक छैन ।'

पदमा रहँदा आफूले संविधानको पूर्ण पालना गरेको भन्दै उनले पूर्व राष्ट्रपति रामवरण यादवलाई सम्झे । 'म जतिबेला यहाँ प्रदेश प्रमुख भएर आउन लागेको थिएँ । त्यसबला पूर्वराष्ट्रपतिसँग संयोगले भेट भयो । उहाँ मेरो गाउँ नजिकैको हुनुहुन्छ ।'
पूर्वराष्टपति यादवले बताएको कुरा सुनाउँदै भने, 'अब त तिमिले संविधान सिरानी मुनि राखेर सुत्नुपर्छ ।कतिबेला संविधानको आवश्यकता पर्छ । तिमीले संविधानको अक्षरस पालना गर्नुपर्छ।'

पूर्वराष्ट्रपतिले भनेझै आफूले संविधानको अक्षरस पालना गरेर काम गरेको झाले दाबी गरे । प्रदेश प्रमुखको रुपमा कार्यरत रहँदा आफूले सबैको सहयोग पाएको उनले बताए । झाले जनचाहाना अन्तर्गत संघीयता कार्यान्वन भइसकेको भन्दै तीनवटै तहका सरकार क्रियाशिल भएको उल्लेख गरे । 

उनले पाँच नम्बर प्रदेशको पहिलो प्रदेश प्रमुख हुँदा गौरवाम्वित भएको सुनाए । विदाइ कार्याक्रममा आन्तरिक मामिला मन्त्री कुलप्रसाद केशी, भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रीसहित सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.