गण्डकी प्रदेश प्रमुख शेरचनले पदभार सम्हाले
पोखरा : गण्डकीका प्रदेश प्रमुख अमिक शेरचनले बुधबार पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुख शेरचनलाई गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले पोखरा विमानस्थलमा स्वागत गरेका थिए।
विमानस्थलबाट प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेश प्रमुख शेरचनले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गरेपछि बोल्दै प्रदेश प्रमुख शेरचनले तत्कालीन आन्दोलनमा सहभागी भएका सबै सहयात्रीको सम्झना गरे। उनले सहमतिमा मुलुकको राष्ट्रियता र सार्वभौमिकता जोगाउन सक्ने बताए।
पदभार ग्रहण गर्नु अघि प्रदेश प्रमुखको कार्यालयमा नेपाली सेनाले प्रदेश प्रमुखलाई सलामी अर्पण गरेको थियो।