दार्चुलामा जीप दुर्घटनामा १२ जना घाइते

दार्चुलामा जीप दुर्घटनामा १२ जना घाइते

दार्चुला :  शैल्यशिखर नगरपालिका ६ चौतलीचौरमा जीप दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । लेकम गाउँपालिका ५ रिठाचौपातास्थित लटिनाथ मन्दिर जैपुरमा राति जात्रा हेरेर फर्किने क्रममा से १ ज ११३१ नम्बरको जीप बुधबार बिहान दुर्घटनामा परेको मालिकार्जुन प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक तेजबहादुर खड्काले जानकारी दिए ।

 जीपमा सवार १२ जनामध्ये दुईजना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा मालिकार्जुन गाउँपालिका २ भगवतीका २० वर्षीया कलसी धामी र मालिकार्जुन गाउँपालिका ३ बसेडीका ३० वर्षीया कमला देवी धामी रहेको प्रहरी सहायक निरीक्षक खड्काले बताए ।

अरु घाइतेको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ । जीप चालक दिपुसिंह विष्टलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।सडकमा गुडिरहेको जीप पल्टिएपछि यात्रुहरु सबै घाइते भएको जीपमा सवार मालिकार्जुन गाउँपालिका २ का हरिससिह धामीले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.