कास्की-२ मा देवराज र धनराज पन्छाएर छानिए खेमराज

कास्की-२ मा देवराज र धनराज पन्छाएर छानिए खेमराज

काठमाडौं : नेपाली कांग्रेसले उपनिर्वाचनमा कास्की-२ बाट खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। केही दिनयता लगातार बसेको कांग्रेस पदाधिकारी बैठकले बुधबार पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। 

‘कास्की-२ मा टुंगो लाग्यो’, उनले भने, ‘बाँकी अरू जिल्लामा पनि टुंगो लगाउने क्रममा छौँ’, महतले भने। कांग्रेस शीर्ष नेताबीच सहमति नजुट्दा कास्की-२ मा उम्मेदवार टुंगो लगाउन सकस परेको थियो। कांग्रेस कास्कीले उक्त निर्वाचन क्षेत्रमा १६ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको थियो। 

पार्टी केन्द्रीय सदस्य धनराज गुरुङले पनि उम्मेदवार बन्ने आकांक्षा देखाएपछि उम्मेदवार छान्न झन जटिल बनेको थियो। यद्यपि कांग्रेस कास्कीले जिल्ला बाहिरको उम्मेदवार स्वीकार नगर्ने धम्की दिएपछि धनराज पछि हटेका थिए। उनले सामाजिक सञ्जालमार्फत आफूले पदाधिकारी बैठकमै पुगेर स्थानीयलाई नै उम्मेदवार बनाउन सुझाएको दाबी गरेका छन्। यस्तै, स्वर्गीय रवीन्द्र अधिकारीसँग ९ हजार बढी मतले पराजित भएका देवराज चालिसे पनि उम्मेदवार बन्ने आकांक्षा राखेका थिए। 

कास्की-२ का सांसद एवम् तत्कालीन पर्यटनमन्त्री अधिकारीको ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। प्रतिनिधिसभाको एक सिटका लागि मात्र कास्की-२ मा उपनिर्वाचन हुन लागेकाले यसको चर्चा बढी छ। 

कास्की-२ सँगै मंसिर १४ गते तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले बताएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.