अखिल र नेविसंघको एउटै नारा : ‘गो ब्याक इन्डिया’(फोटो फिचर)

अखिल र नेविसंघको एउटै नारा : ‘गो ब्याक इन्डिया’(फोटो फिचर)

काठमाडौं : नेपाली भूमिलाई समेटेर भारतले बनाएको नक्सा खारेज गर्नुपर्ने माग गर्दै विद्यार्थीले बुधबार राजधानीमा प्रदर्शन गरेका छन् । 

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीनिकट अनेरास्ववियु तथा विपक्षी दलका विद्यार्थी संगठनले पनि प्रदर्शन गरेका हुन् । भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नै भूमिमा रहेको जनाएको थियो । उक्त नक्सा सार्वजनिक भएपछि विद्यार्थीले सच्याउन माग पनि गरेका छन् । उनीहरूले ‘गो ब्याक भारत’ मा ह्यास ट्याग गरेर सामाजिक सञ्जालबाट अभियानसमेत सञ्चालन गरेका छन् ।

बुधबार प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट सुरु भएको प्रदर्शन त्रिचन्द्र क्याम्पसमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका अध्यक्ष ऐन महरले भारत र नेपालबीच विगतमा भएका असमान सन्धि सम्झौतासमेत खारेज गरिनुपर्ने बताए । अनेरास्ववियुले कालापानीमा पुगेर नेपाली झण्डा गाड्ने पनि महरले बताए ।

संगठनका सह–संयोजक रञ्जित तामाङले भारतीय नक्साबाट नेपाली भूमिलाई अलग राख्न अनुरोध गरे । नक्सा नसच्याए थप आन्दोलनमा उत्रने चेतावनी विद्यार्थीले दिएका छन् । प्रदर्शनमा नेकपासम्बद्ध युवा संगठनका प्रतिनिधिको पनि सहभागिता थियो । 

उनीहरूले भारतीय विस्तारवाद मुर्दाबाद, गो ब्याक भारत लगायतका नारा लगाएका थिए । बुधबार नै नेपाल विद्यार्थी संघका कार्यकर्ताले पनि लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो, कागजी अतिक्रमण मुर्दाबाद, कहिले बुद्ध कहिले सीमा, कसले गर्ने हाम्रो बिमा लेखिएको नारा लगाउँदै प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । 

  तस्बिर : दिपेन श्रेष्ठ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.