नेतृत्वको अकर्मन्यताका कारण विदेशी हस्तक्षेप बढ्यो : कमल थापा
दाङ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेतृत्वको अकर्मन्यताका कारण नेपालमा विदेशी हस्तक्षेप बढेको बताएका छन्। दाङमा बुधबार आयोजित कार्यक्रममा बोल्दै नेतृत्व सहीबाटो नलाग्दा नेपाली भूमिमा विदेशी हस्तक्षेप हुन लागेको उनले दाबी गरे।
नेता र सरकारकै कराण भारणले लिपुलेक आफ्नो भनेर नक्सा नै बनाएर भारतले सार्वजनिक गरिसकेको भन्दै राष्ट्रवादको कुरा गर्ने प्रधान्मन्त्री यसमा चुप लाग्नु राम्रो नभएको अध्यक्ष थापाले बताए।
नेकपा र कांग्रेसकै कारण विप्लव आन्दोलनमा रहेकोसमेत उनले बताए। उनले विप्लवका मागहरुलाई दमन होइन वार्ता र संवादमार्फत् सम्बोधन गर्नुपर्ने बताए। विगतमा माओवादीलाई दमन गर्दा भोगेको भोगाईलाई आत्मासाथ गरेर वार्तामार्फत समाधान गर्नुपर्ने उनले बताए।