अमेरिकी सहयोग स्वार्थमा अधारित हुँदैन : कस्टर
काठमाडौं : अमेरिकी सहयोग सम्बन्धी नीति विज्ञ रहेर स्वतन्त्ररुपमा काम गर्दै आएकी समन्ता कस्टरले अमेरिकी सहयोग स्वार्थमा आधारित नहुने बताएकी छन्।
लोकतन्त्रको प्रवद्र्धन, मावन जीवनस्तरमाथि उकास्न र सहयोग चाहने मुलुकको दीर्घकाल हित हेरेर नै आउने गरेको बताएकी छन्। अमेरिकी सहायतामा कुनै खाले भित्री पाटो नरहने जे हो त्यो कागजमा नै स्पष्ट हुने भन्दै अमेरिकी सहयोगले नेपालको विकासमा एक पाटोको रुपमा रहको आफूले पाएको बताइन्। भ्रष्टाचार निर्मुल गर्दै विकास लक्ष्य अनुरुप प्रतिवद्ध भएर सरकारले काम गरेमा सहयोग गर्ने हात आफै बढ्दै जाने उनको सुझाव छ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘नेपाल र अमेरिका सम्बन्ध : अमेरिक विकास सहयोगको प्रभाव’ विषयक अन्तरक्रियामा उनलले भनिन्, ‘नेपालले राष्ट्रसंघीय दिगो विकासको लक्ष्य अनुरुप काम अघि बढाइरहेको र लक्ष्य अनुरुप उत्साहित रहेकोमा खुशी लागेको छ।’
अमेरिकी सहयोग पनि त्यसको एक हिस्साको रुपमा रहेको आफ्नो अध्ययनमा रहेको बताइन्। उनले विकासको लागि स्थायी सरकार, चुस्त प्रशासन, लामो अध्ययन, विकास मोडलमा बहस, अनुभवको आदान प्रदान आवश्यक पर्ने बताइन्।
अमेरिकी स्वतन्त्र वक्ताको रुपमा दूतावासको संयोजनमा प्रवचन दिँदै हिँडेकी उनले नेपालको विकास प्रक्रियामा अमेरिकाले सहयोग गर्नेमा दुईमत नदेखिएको बताए। नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत अमेरिकाले सहयोग गर्दै नेपालको अल्पविकसित मुलुकबाट विकासोन्मुख मुलुकमा उक्लिन सक्ने बलियो आधारको रुपमा उनले चर्चा गरिन्। उनले आफू अमेरिकी सरकारको औपचारिक कर्मचारी वा राजनीतिज्ञ झै वक्ता नभएको तर आफ्नो अध्ययनमा देखिएको विषय बताएको पनि स्पष्ट पारिन्।
कार्यक्रममा पूर्वराजदूतले अमेरिकी सहयोगमा धेरै सर्त राख्न भन्दा पनि यहाँको कार्यावन्यनमा जोड नि सुझाए। आइएफएका कार्यकारी निर्देशक राजेश श्रेष्ठले पनि यस प्रकारको बहस लगातार गरिने बताउँदै भने, ‘सबै खालको बहस र अनुसन्धनमा आइएफए सक्रिय रहनेछ। सरकारलाई राम्रो सुझाव उपलब्ध गराउन काम गरिरहेका छौं।’
आइएफएका सल्लाहकारको रुपमा रहेका माधवजी श्रेष्ठले पनि नेपालको विकासमा अमेरिकी सहयोगको योगदान महत्वपूर्ण रहेको बताए। पूर्वराजदूतहरु डा. शंकर शर्मा, डा. निरन्जन मानसिंह बस्न्यात, डा. सुरेश चालिसे, डा. मोहन लोहनीलगायतको उपस्थिति थियो।