नासाले सम्मान गर्‍यो नेपाली वैज्ञानिक रश्मिलाई

नासाले सम्मान गर्‍यो नेपाली वैज्ञानिक रश्मिलाई

अमेरिका : नेपालको धनुषा जिल्लामा जन्मिएकी डाक्टर रश्मि साह अमेरिकी अन्तरिक्ष संस्था नासाबाट सम्मानित भएकी छन् । हाल अमेरिकामा रहेकी साहलाई नासाले अर्ली करिअर पब्लिक अचिभमेन्ट मेडलबाट सम्मानित गरेको हो ।

साह नासाको जेल प्रोपल्सन लेबोरेटरीमा रिसर्च टेक्नोलोजिष्टका रूपमा कार्यरत छिन् । सन् २०१४ मा पर्ड्यु विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोटिक्समा पीएचडी गरेदेखि उनी नासामा कार्यरत छिन् ।

नासाका कुनै कर्मचारीले नासामा आबद्ध भएको पहिलो १० वर्षमा नासाको मिशनका लागि असामान्य तथा अत्यन्तै महत्वपूर्ण योगदान दिएको खण्डमा यस्तो अवार्ड प्रदान गर्ने गरिन्छ । साहले नासामा आबद्ध भएको ५ वर्षमै महत्वपूर्ण योगदान दिएका कारण यो अवार्ड प्राप्त गरेकी हुन् ।

साहले माटोको मोस्चर मापन, आद्र्रभूमि, हिउँको गहिराइ र समुद्री सतहको गुणको मापनका क्षेत्रमा विशेष योगदान दिएकी थिइन् । मधेशी एशोसियसन इन अमेरिकाका संस्थापक उपाध्यक्ष अमित शाहले नेपालकी मधेसी महिलाले अमेरिकामा आएर यो उपलब्धि हासिल गर्नु निकै सकारात्मक र महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.