कास्की २ का कांग्रेसका उम्मेदवार खेमराजले गरे उम्मेदवारी दर्ता

कास्की २ का कांग्रेसका उम्मेदवार खेमराजले गरे उम्मेदवारी दर्ता

पोखरा : कास्की-२ मा प्रतिनिधिसभा सदस्यका लागि १४ मंसिरमा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। पार्टी नेतासहित निर्वाचन कार्यालय पुगेका पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । उनले १२:३० बजे मनोनयन दर्ता गराएका छन्।

यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की विद्या भट्टराईले १०:३५ बजे उम्मेदवारी दर्ता गराएकी थिइन्।

को हुन् खेमराज ?

नेपाली कांग्रेसले कास्की २ को उपनिर्वाचनमा उठाउने निर्णय गरेका नेता खेमराज पौडेल पार्टी सभापति शेरबहादुर देउवाकै समकालीन हुन् । देउवाले नेपाली कांग्रेस विभाजन गरेर कांग्रेस प्रजातान्त्रिक गठन गरेपछि उक्त पार्टीको कास्की कमान्ड पौडेलले सम्हालेका थिए । २०१७ सालदेखि नै प्रजातन्त्रका लागि कटिबद्ध भएर निरन्तर लागेका पौडेल आधा शताब्दीभन्दा धेरै राजनीतिमा खटिए । तर ७६ वर्षे उमेरमा आइपुगेपछि मात्रै पहिलोपटक पार्टीले उनलाई आमचुनावको उम्मेदवार बनाएको छ । 

शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला नै सुकुम्बासी आयोग कास्कीको अध्यक्ष हुनुबाहेक खेमराज पौडेलले सार्वजनिक लाभको पद र उम्मेदवारीको अवसर पाएनन् । पञ्चायतकालमा २० वर्ष शिक्षक हुँदासमेत प्रजातन्त्रका लागि लडेका उनी २०४२, ४६ र २०६२ /६३ मा गरी ३ पटक जेल परेका थिए । २०२६ सालमा पहिलोपटक कास्कीमा धीरबहाहदुर गुरुङको सभापतित्वमा नेपाली कांग्रेसको जिल्ला समिति गठन हुँदा खेमराज कार्यसमिति सदस्य थिए । २०४६ ताका तारानाथ रानाभाट जिल्ला कार्यसमिति सभापति हुँदा पौडेल उपसभापति थिए । 

शिक्षक पृष्ठभूमिको भएकैले ‘खेमराज गुरु’बाट सम्बोधित हुने भद्र छविका पौडेलले सहानुभूतिका मतसमेत तान्न सक्ने कांग्रेसजन बताउँछन् । अन्तर्घातको कांग्रेसी रोगले उनलाई नसताउने विश्वास पनि उनीहरुको छ । पोखरा २२ पुम्दीभुम्दीका पौडेलले मंसिर १४ को चुनावमा आफैँलाई मतदान गर्न पाउने छैनन् । उनी मतदाता रहेको क्षेत्र कास्की ३ हो । उनी भन्छन्, 'पहिला त मेरो गाउँ पनि त्यही क्षेत्रमा थियो, अहिले ३ मा परेको छ तर मेरो कार्यक्षेत्र र मेरो राजनीतिक लगानी भएको क्षेत्र नम्बर २ हो ।' 

अध्ययनका सिलसिलामा वनारस पुगेका पौडेलले उतै नेता विपी कोइराला, सुवर्ण शमशेर र शेरबहादुर देउवाको संगत गर्ने अवसर पाएका थिए । उक्त क्षेत्रमा युवा नेता रवीन्द्रले लगातार ३ पटकसम्म चुनाव जितेका थिए, त्यसलाई तोड्ने कडा चुनौती खेमराजलाई छ । पौडेल आफूले लालकिल्ला तोड्ने बताउँछन् । २०७४ को चुनावमा तत्कालीन नेकपा एमालेका उम्मेदवार रवीन्द्रले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४२ मतले पराजित गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.