दाङबाट नेकपाकी बिमला ओलीको मनोनयन दर्ता
दाङ : दाङमा निर्वाचन क्षेत्र नम्बर ३ 'ख' प्रदेश सभा सदस्यका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार बिमला ओलीले मनोनयन दर्ता गरेकी छिन्।पार्टीका नेताहरुसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा पुगेकी ओलीले मनोनयन दर्ता गराएकी हुन्।
निर्वाचन क्षेत्र नम्बर ३ 'ख' प्रदेश सभा सदस्य पद र घोराही उपमहानगरपालिका १६ मा वडाध्यक्ष पदका लागि १४ मंसिरमा उपनिर्वाचन हुँदैछ।
यसअघि उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यले मनोनयन दर्ता गरेका हुन्।उनले बिहान करिब ११ बजेतिर मनोनयन दर्ता गराएका हुन्। अन्य दलहरुले पनि उम्मेदवारी दर्ता गराएका छन्।