भारतले सीमा मिचेको विरोधमा मोदीको पुत्ला जलाइयो

भारतले सीमा मिचेको विरोधमा मोदीको पुत्ला जलाइयो

बैतडी : बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको छ। भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमी राखिएको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइएको हो।

कलाकार भानुभक्त जोशीको नेतृत्वमा पुर्चौडी नगरपालिकाका स्थानीय बासिन्दाले हाटमा रहेको राताशिला मसानघाटमा मोदीको पुत्ला जलाइएको छ। स्थानीय राजेश धामीका अनुसार नेपाली भूमिमा भारतले हस्तक्षेप गर्न पाइँदैन भनेर स्थानीयले विरोध प्रदर्शनसमेत गरेका छन्। 

‘भारतीय विस्तारवाद मुर्दावाद, नरेन्द्र मोदी मुर्दावाद’ लगायतका नारा लगाउँदै स्थानीयहरुले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएका हुन्’, धामीले भने। भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलास्थित नेपाली भूमी लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतमा समावेश गरिएको छ। भारतले सार्वजनिक गरेको नक्साप्रति नेपालीहरुले सामाजिक सञ्जालबाट पनि कडा विरोध गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.