दाङबाट १४ जना उम्मेदवारको मनोनयन दर्ता
दाङ : मंसिर १४ गते हुने दाङ निर्वाचन क्षेत्र नम्बर ३ 'ख' प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १४ जनाले मनोनयन दर्ता गराएका छन् । १२ वटा दल र २ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीका अनुसार साँढे १ बजे सम्ममा नेकपाकी बिमला वली, नेपाली कांग्रेसका केशव आचार्य, राप्रपाका भुपाल रावत, राप्रपा संयुक्तका छोटीलाल चौधरी, समाजबादी पार्टीका डिल्लीबहादुर डाँगीले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, नेकपा मालेका हरिप्रसाद डाँगी, नेपाल मजदुर किसान पार्टीका सुरेश परियार, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज सुनार, मंगोल नेशनल अर्गनाजेसनका घनश्याम चौधरी,साझा पार्टीका शिवकुमार चौधरी, नेपाली कांग्रेस (वीपी)का दिपक धिताल, नेपाल लोकतान्त्रीक पार्टीका झरेन्द्ररबहादुर खत्री, स्वतन्त्रबाट टीकाराम आचार्य र गोबिन्द केसीले मनोयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत ऋतेन्द्र थापाले जानकारी दिए।