धरान उपनिर्वाचन : चुनावी मैदानमा नेकपा र कांग्रेसको अंकमाल

धरान उपनिर्वाचन : चुनावी मैदानमा नेकपा र कांग्रेसको अंकमाल

 धरान : यतिबेला धरानमा चुनावी रौनक बढेको छ। मंसिर १४ गते हुने धरान उपमहानगरपालिकाको मेयर पदको उपनिर्वाचनका लागि चुनावी रौनक बढेको हो। 

सत्तारुढ नेकपाको तर्फबाट प्रकाश राई मेयर उम्मेदवार बनेका छन् भने प्रमुख प्रतिपक्षी कांग्रेसका तर्फबाट तिलक राई मेयरको उम्मेदवार छन्। धरानमा नेकपा र कांग्रेसका मेयर उम्मेदवार दुई राईको मुख्य भिडन्त हुने अनुमान गरिएको छ। 

मेयर उम्मेदवार २० वटै वडाका मतदाताको घरघरमा पुगेर भेट माग्न व्यस्त छन्। मेयर पदका लागि समाजवादी पार्टीका गजेन्द्र इस्वो, संघीय लिम्बुवान पार्टीका अमर इजम र साझा पार्टीका राजनकुमार श्रेष्ठ पनि भोट माग्न दौडधुप गरिरहेका छन्। 

विगतका निर्वाचनमा सधै झगडा गरिरहने नेकपा र कांग्रेस कार्यकर्ताले यस पटकको उपनिर्वाचनमा एक अर्कामा सद्भाव देखाएका छन्। बिहीबार धरान ६ स्थित पानवारीमा मतदाताको घरदैलो अभियानमा जम्काभेट भएका कांग्रेसका तिलक राई र नेकपाका प्रकाश राईले अंगमाल गर्दै शुभकामना साटासाट गरे। दुई उम्मेदवारले अंकमाल गर्दा कार्यकर्ताले ताली बजाए। 

नेकपा र कांग्रेसले धरानको उपनिर्वाचनलाई महत्वका साथ हेरेका छन्। चुनावी नतिजा आफ्नो पक्षमा पार्नका लागि दुबै दलले कार्यकर्तालाई टोल–टोलमा परिचालन गरेका छन्। धरानका २० मध्ये १५ वडा वडामा विजयी गरेको नेकपा र पाँच वडा जितेको कांग्रेसबीच चुनावी प्रतिस्पर्धा हुने अनुमान छ। 

नेकपा उमेदवार प्रकाश राईले धरानको विकासमा नेकपाको योगदान र पार्टी संगठन बलियो भएका कारण आफ्नो जित निश्चित भएको दाबी गरेका छन्। 

कांग्रेसका तिलक राईले नेकपा उमेद्वारले धरानमा पटकपटक निर्वाचन जितेपनि विकास निर्माणका काम लथालिङ पारेका कारण यस पटक मतदाताले आफूलाई विजयी गराउने बताए।

धरानमा नेकपा र कांग्रेस उमेद्वार बीचनै कडा प्रतिपर्धा हुने देखिएको छ। २०७५ साउन १ गते धरान उपमहानगरपालिकाका तत्कालीन मेयर तारा सुब्बाको निधन भएको थियो। सुब्बाले कांग्रेस उमेद्वार तिलक राईलाई पराजित गरी मेयरमा निर्वाचित भएका थिए। धरानको उपनिर्वाचनमा ९२ हजार ८ सय ५३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.