सुस्त निर्माण कम्पनीलाई कारबाही गरिने
जोमसोम : उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनी/जोमसोम/कोरला सडकखण्डका सुस्त काम गर्ने निर्माण कम्पनीलाई कारबाहीमा पर्ने भएका छन्।
करिडोरले गत मंगलबार सरोकारवाला निकायलाई पत्रचार गर्दै काममा उल्लेख्य सुधार नआए ठेक्का सम्झौता रद्द तथा कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।
करिडोरले बेनी/जोमसोम/कोरला खण्डका ३ कम्पनीलाई ७ दिने स्पष्टिकरणसमेत मागेको हो।
आयोजना प्रमुख मुकुन्दराज अधिकारीका अनुसार शर्मा गजुरमुखी जेभी, पप्पु/गौरी पार्वती /कोशी एण्ड न्यौपाने र शर्मा युनाइटेड बिल्डर्स जेभीलाई कारवाही तथा स्पष्टिकरणको पत्र पठाएको छ। यी कम्पनीहरुले कोरला सडक खण्डको काम गर्न २०७४साल जेठ १२ गते करिडोरसँग सम्झौता गरेका थिए।
निर्माण कम्पनीले करिडोर सडकको अपेक्षा अनुसार काम नगरेकाले करिडोरले अन्तिम एक्शनको तयारी गरेको आयोजना प्रमुख अधिकारीको भनाई छ।