भारतले भन्यो : सीमा मिचिएको छैन

भारतले भन्यो : सीमा मिचिएको छैन

काठमाडौँ : नेपालका विभिन्न स्थानमा कालापानी सीमाक्षेत्रस्थित नेपाली भूमि भारतले मिचेको भन्दै विरोध जनाइरहँदा भारत सरकारले सीमा नमिचेको अभिव्यक्ति दिएको छ । भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा आफूहरुले नेपालसँगको सिमाना हेरफेर नगरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले बताए ।

बिहीबार नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै रविश कुमारले यस्तो बताएका हुन् । 'हाम्रो नक्साले भारतको सम्प्रभुतालाई देखाउँछ। नयाँ नक्सामा नेपालसँग जोडिएको सिमानामा कुनै भूगोल तलमाथि वा हेरफेर गरिएको छैन', रविस कुमारले भनेका छन् । नेपाल र भारतको सम्बन्धमा मतभेद सिर्जना गर्न निहित स्वार्थ समूहले यो विवाद ल्याएको उनको दाबी छ । 

 'हामी आफ्ना निकट छिमेकीसँग मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई ख्याल गर्दै वार्ताको माध्यमबाट समाधान खोज्न आफ्नो प्रतिबद्धता दोहोर्‍याउँछौं', उनले भने,  'साथै निहित स्वार्थ बोकेर दुवै देशबीचमा मतभेद पैदा गर्ने स्वार्थ समूहहरुविरुद्ध एकजुट हुनु जरुरी छ।' ती स्वार्थविरुद्द एकजुट हुनुपर्ने महत्वपूर्ण भएको उनको भनाइ छ । भारत सरकारले हालै कालापानी क्षेत्र आफ्नो भूमिमा पार्ने गरी सार्वजनिक गरेपछि नेपालका विभिन्न राजनीतिक दल तथा समूहहरु आन्दोलित छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.