यस्ता छन् मन्त्रिपरिषद्का १६ निर्णय
काठमाडौं : गतसाता बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता तथा संचार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग समावेश गरेकाप्रति आपत्तिसमेत जनाए। भन्नुपर्ने कुरा परराष्ट्र मन्त्रालयको विज्ञप्तिले भनिसकेको प्रष्ट पार्दै उनले आफ्नो भूभागको रक्षा गर्न सरकारले राम्रोसँग जानेको बताए।
त्यस्तै अमेरिकी सरकारले सार्वजनिक गरेको 'कन्ट्री टेरेरिस्ट रिपोर्ट' नामक प्रतिवेदनको सन्दर्भमा समेत बन्त्री बाँस्कोटाले सरकारको धारणा सार्वजनिक गरे। भविष्यमा आउनसक्ने खतरालाई प्रतिवेदनमा उल्लेख गरिदिएकोमा उनले अमेरिकी सरकारलाई धन्यवाद दिए।
सरकारको धारणा राख्नुअघि मन्त्री बाँस्कोटले सरकारले गरेका निर्णयहरु सार्वजनिक गरेका हुन्। उनले सार्वजनिक गरेका निर्णयहरु यस्ता छन् :