शिक्षामन्त्री भन्छन्, ‘आयोगको सबै सुझाव सरकारले मान्नु पर्दैन’
![शिक्षामन्त्री भन्छन्, ‘आयोगको सबै सुझाव सरकारले मान्नु पर्दैन’](https://annapurnapost.prixacdn.net/media/albums/giriraj-mani-pokhrel_20180709132715_20190408110543_fOUovLWfWg.jpg)
काठमाडौं : चर्चामा रहेको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनले दिएका सबै सुझाव मान्न सरकार बाध्य नभएको शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणि पोखरेलले बताएका छन् ।
आफैँ अध्यक्ष रहेको आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिनुको सट्टा विभागीय मन्त्रीले नै यस्तो अभिव्यक्ति दिएपछि प्रतिवेदन बनाउन निकै मेहेनत गरेका आयोगका अन्य सदस्यहरु निराश बनेका छन् ।
बिहीबार शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै पोखरेलले भने, ‘आयोग सर्वाधिकार सम्पन्न होइन । यसले भनेको सबै कुरा सरकारले नमान्न पनि सक्छ ।’ मन्त्रिपरिषदबाट पारित भएको राष्ट्रिय शिक्षा नीति २०७६ बारे जानकारी दिन उनले पत्रकार सम्मेलन गरेका थिए ।
तर सञ्चारकर्मीहरुले शिक्षाका समसामयिक विषयमा पश्न गरे पनि उनले अहिलेलाई शिक्षा नीतिमा मात्र केन्द्रित हुन अनुरोध गर्दै हतार हतार प्रश्नको गालमोटल जवाफ दिएर पत्रकार सम्मेलन सकेर हलबाट हिँडेका थिए । आयोगको प्रतिवेदनले दिएको अधिकांश सुझावलाई शिक्षा नीतिमा समावेश नगरिएको विषयमा उनको आलोचना भएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)