भक्तपुरमा दुई उम्मेदवारको दर्ता खारेज

भक्तपुरमा दुई उम्मेदवारको दर्ता खारेज

भक्तपुर :  मंसिर १४ गते हुने भक्तपुर-१ (क) प्रदेशको उपनिर्वाचनको लागि बिहीबार नाम दर्ता गराएका दुईजनाको उम्मेदवारी बदर भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का रामशरण लामिछाने र आमूल परिवर्तन पार्टीका डिल्लीप्रसाद चौलागाईंको उम्मेदवारी दर्ता बदर गरिएको हो।

मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश जगतनारायण श्रेष्ठले लामिछाने र चौलागाईंको उम्मेदवारी बदर भएको जानकारी दिए। लामिछाने र चौलागाईंको नाम गएको प्रदेश निर्वाचनमा समानुपातिकतर्फको बन्द सूचीमा भएको देखिएकाले उनीहरुको उम्मेदवारी दर्ता बदर गरिएको उनले बताए।

अघिल्लो निर्वाचनको समानुपातिक तर्फको बन्द सूचीमा नाम भएकाले उपनिर्वाचनमा उम्मेदवारी दिन पाउँदैन।

दुईजनाको उम्मेदवारी बदर भएपछि भक्तपुरमा १९ जनाको मात्रै उम्मेदवारी कायम भएको छ। जसअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले ११ दलमध्ये नौ दलका नौ जना र स्वतन्त्र १० जना गरी १९ जना उम्मेदवारको नाम प्रकाशन गरेको छ।

निर्वाचन कार्यक्रम तालिकाअनुसार कार्तिक २२ गते उम्मेदवारविरुद्ध उजुरी दिने तोकिएको छ। त्यस्तै कार्तिक २३ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ हुनेछ र त्यसलगत्तै सोही दिन मनोनयन सदर भएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ।

कार्तिक २४ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने निर्वाचन कार्यक्रम तालिकामा उल्लेख छ। सोही दिन दिउँसो ३ देखि ५ बजेभित्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए।

निश्चित भएका उम्मेदवारहरुलाई कार्तिक २५ गते निर्वाचन चिन्ह प्रदान गरिनेछ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.