कास्की-२ उपनिर्वाचन : विद्यालाई रवीन्द्रको शुभकामना
पोखरा : कास्की क्षेत्र नम्बर-२ मा मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेकी विद्या भट्टराईलाई साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले शुभकामना दिएका छन्।
उपनिर्वाचनका लागि बिहीबार उम्मदेवारी दर्ता गर्न साझा पार्टीका संयोजक मिश्र आफ्नो पार्टी उम्मेदवार रजनी केसी संगै जिल्ला निर्वाचन कार्यालय कास्की पुगेका थिए। उम्मेदवार दर्ता पछि पहिले नै उम्मेदवार दर्ता गरेकी नेकपा उम्मेदवार भट्टराई भएको ठाउँमा साझा पार्टीकी उम्मेदवार रजनी केसी पुगेर हात मिलाइन्। भट्टराई र केसी शुभकाना आदान प्रदान गरे। केसी संगै भट्टराई भएको स्थान पुगेका साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले मुस्कुराई रहेकी बिद्यालाई सधै यस्तै मुस्कान देखिन पाउँ भन्दै शुभकामना दिएका थिए।
नेकपा नेतृ भट्टराईले आफू सधै यस्तै मुस्कुराउने बताउँदै खुशी व्यक्त गरिन्। तपाईहरुको साथले सधै मुस्कुराउने छु उनले भनिन्। साझाका संयोजक मिश्र, प्रवक्ता आचार्य र साझा पार्टी उम्मेदवार केसी मिठो मुस्कानका साथ शुभकाना आदान प्रदान गरेका थिए।
नेकपा उम्मेदवार भट्टराईले विवेकशसिल नेपाली दलको तर्फबाट उम्मेदवार बनेकी जमुना शर्मा संग पनि शुभकामना आदान प्रदान गरेकी थिइन्। शर्मासँग भट्टराईले अंकमाल गर्दै शुभकाना आदान प्रदान गरेकी थिइन्।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराई तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी पत्नी हुन्। तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्ट दुर्घटनामा निधन भएपछि रिक्न प्रतिनिधि सभा सदस्यको चयनका लागि कास्की २ मा उपनिर्वाचन हुन लागेको हो।
प्रतिनिधि सभा सदस्यकालागि कास्की २ मा हुने उपनिर्वाचनकालागि दलहरुले बाजागाजा सहित उम्मेदवारी दर्ता गरेका थिए। उपनिर्वाचनमा बिभिन्न पार्टी र स्वतन्त्र गरि २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
कास्की क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार दिएपछि शुभकामना साटासाट गर्दै नेकपा उम्मेदवार विद्या भट्टराई र विवेकशील नेपाली दलको तर्फबाट स्वतन्त्र उम्मेदवार जमुना शर्मा। तस्बिर : कृष्णमणि बराल
कास्की क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार दिएपछि शुभकामना साटासाट गर्दै नेकपा उम्मेदवार विद्या भट्टराई र साझा पार्टी संयोजक रवीन्द्र मिश्र, प्रवक्ता सुरेश आचार्य र उम्मेदवार केसी। तस्बिर : कृष्णमणि बराल